नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको मत परिणाम सार्वजनिक,उपाध्यक्षमा अञ्‍जन श्रेष्ठ निर्वाचित



मंसिर१३,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

अञ्‍जनले ६२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरे । २ मत बदर भए । अञ्‍जन वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधान प्यानलका हुन् ।यसैगरी महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यको मत परिणाम पनि सार्वजनिक भएको छ । मत परिणमअनुसार अरनिको राजभण्डारी, आकाश अधिकारी, गोविन्द ढुंगेल, नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

यस्तै प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । यसैगरी सुबोध कुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल निर्वाचित भएका छन् ।

वस्तुगततर्फको कुल खसेको १ सय १ मतमध्ये २ वटा मत बदर भएको छ । वस्तुगततर्फ दुवै प्यानलबाट ७/७ जना निर्वाचित भएका हुन् ।

वस्तुगततर्फका उपाध्यक्षका उमेदवार अन्जन श्रेष्ठको प्यानलबाट निर्वाचित सदस्यहरुमा अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल र सुकुन्तलाल हिराचन रहेका छन् ।

यस्तै वस्तुगततर्फकै उपाध्यक्षका उमेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट केन्द्रीय समितिमा निर्वाचित हुनेहरुमा आकाश अधिकारी, नरेशलाल श्रेष्ठ, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल रहेका छन् ।

वस्तुगततर्फका उपाध्यक्षका उमेदवार उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकाल प्यानलका हुन् भने अन्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधान प्यानलका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्