क्रिक्रियाशिल संघ सस्थाको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विषयमा अन्तरक्रिया



तिर्थराज ज्ञवाली
कार्तिक १६, मसुरीयाँ (देउखुरी दाङ)
राप्ती गाउँपालिकामा रहेका क्रियाशिल संघ सस्थाको संयुक्त आयोजनामा राप्ती गाउँपालिकामा लैङ्गिक हिंसा विषयमा अन्तरक्रिया गरिएको छ ।

प्रत्येक बर्ष नोबेम्बर २५ देखी डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानकोरुपमा विभिन्न कार्यक्रमहरु आयोजनागरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने गरिएको सन्दर्भमा राप्ती गाउँपालिका अन्तरक्रिया गरिएको हो ।

लैङ्गिक हिंसामा परेका पिडित, न्याय सम्पादन गर्ने संघ संस्था, सरकारी कार्यालय, प्रहरी, कानुन ब्यवसायी, निगरानी समुह, मेलमिलाप कर्ता सहितको अन्तरक्रिया कार्यक्रममा लैङ्गिक हिंसाका कसुरका बारेमा जानकारी समेत गरिएको थियो ।

अन्तरक्रियामा लैंङ्गिक हिंसा सँग सम्वन्धित घरेलु हिंसा, जबरजस्ती करणी, यौन शोषण, वैवाहिक वलात्कार, बालविवाह, दाईजो प्रथा, महिलाले अरुलाई आफ्नो अनुहार तथा कपाल नदेखाउने प्रचलन, बोक्सीको आरोप, बेच विखन तथा ओसारपसार, साईवर अपराध लगायतका विषय बस्तु र कानुनी उपचारका वारेमा छलफल समेत गरिएको छ ।

राप्ती गाउँपालिका न्यायीक समिति संयोजक तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, महिला तथा बालबालिका शाखा संयोजक जिवन कुमारी चौधरी, अधिबक्ता सन्तोष पोख्रेलले लैंङ्गिक हिंसा विरुद्धका विषयबस्तु माथि सहजीकरण गर्नु भएको थियो ।

राप्ती गाउँपालिकामा कार्यरत संघ संस्थाले लैंङ्गिक हिंसा विरुद्ध चलाएका अभियान संगै आगामी दिनमा गरिने प्रयासको बारेमा जिम्मेवारी समेत बाडफाड गरिएको छ । क्रियासिल संघ संस्था नामसालिङ सामुदायिक विकास केन्द्र, माहुरी होम, बगर कृषि सहकारी, भृकुटि महिला सहकारी, लक्ष्मी महिला सहकारी, मिलाप कृषि सहकारी संस्था,अष्ट्रेलियन एड, अष्ट्रेलिया कारितास र कारितास नेपाल र राप्ती गाउँपालिकाको प्रयासमा हिंसा पीडित लाई सहयोगी सामाग्री समेत उपलब्ध गराउने निर्णय गरिएको छ ।

अन्तरक्रियामा स्थानीय सरकारलाई महिला अधिकारको प्रवद्र्धनकालागि नेपालको संविधान २०७२ र स्थानीय सरकार संचालन ऐन २०७४ मा पनि विभिन्न जिम्मेवारीको व्यवस्था, घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ को दफा उपदफा १ का साथै दफा ११ र १७ मा भएका प्राबधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १५ दफा १०२ को उपदफा १ र २ मा उल्लेख भएबमोजिम लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिहरुलाई एउटा सेवा प्रदायकबाट अन्य सम्बन्धित सेवा प्रदायकमा पठाई समयमै उचित र प्रभावकारी सेवाप्रदानगर्न तयार गरिएको निर्देशिका का बारेमा समेत जानकारी गरिएको छ ।

लैंङ्गिक हिंसाका सवालहरुको सम्वोधनकालागि सकृय रुपमा कार्य गर्ने स्थानीय स्तरमा कार्यरत सम्बन्धित निकायहरुलाई परिचालन गरी एकिकृत रुपमा हिंसा प्रभावितलाई सेवा पु¥याउने र महिला अधिकार संरक्षणका लागि रणनीतिक रुपमा उच्च प्राथमिकताका साथ क्रियाशिल रहने, प्रभावितको सुसुचित सहमतिमा मात्र सेवा र सुविधा उपलब्ध गराईनेछ र व्यक्तिको सम्पुर्ण विवरण गोप्य राखिने सहमति समेत गरिएको छ ।

राप्ती गाउँपालिकामा १६ दिन लैङ्गिक हिंसा विरुद्ध संयुक्त रुपमा संघ संस्था तथा कार्यालय मिलेर क्रियाकलाप बढाउने निर्णय गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्