‘राजनीति होईन,असल नेतृत्व र व्यतित्वको उत्पादन गर्छाै ’



त्रिभुवन नगर जेसीसका वर्ष २०१८ का नवनिर्वाचित अध्यक्ष लालमणि भण्डारी संग सैघाली खबरकर्मि गिरिराज नेपालीले गरेको कुराकानी सारसंक्षेप –सम्पादक

स्वागत छ ?
धन्यावाद

नयाँ जिम्मेवारीको शुरुवाती दिनहरु कस्ता छन ?

अब भर्खरै निर्वाचित भएको छु । निर्वाचनको माहोल अझै सकिएको छैन । धन्यावाद दिने शुभकाम खाने काम जारी नै छ । ठ्याक्कै के भने नयाँ जिम्मेवारीको जिम्मेवार बोकेपनि पद हस्तान्तरण अझै भएको छैन । आउदो २८ गते पद हस्तान्तरणको आयोजना राखिएको छ । २९ गते देखि अध्यक्षको हस्ताक्षर सहितको पदवहाली गर्नेछु । त्यसपछि जेसीजको पूर्णजिम्मेवारी सहितको पदिय कर्म थालनी गर्ने छु ।

के काम वाट आफ्नो जिम्मेवारीको पहिलो दिन थालनी गर्नुहुन्छ ?

ठ्याक्कै यही काम पहिलो दिन यो काम गर्छु भनेर भन्दैन । अब एक वर्षका लागि मैले संस्थाको जिम्मेवारी बोकेको छु । साथीहरुले त्यो जिम्मेवारी पूरा गर्ने अबसर पनि दिनुभयो । संस्थाका गर्नुपर्ने कामको दिर्घकालीन तथा अल्पकालिन योजनाहरु तयार गरेको छु । केही गृहकार्य हुदैछन । मैले चाँही अबको एक वर्षमा पूर्वजहरु सरसल्लाह , विगतलाई समिक्षा गर्दै सुधार्नुपर्ने कामलाई सुधार नयाँ गर्नुपर्ने काम थालनी गर्दै जानेछु । दाङको त्रिभुवननगर जेसिजलाई पश्चिम नेपालमै पहिलो संस्थाको रुपमा विकास गर्ने प्रयत्न गर्नेछु । साथै युवा साथीहरुको सिप र क्षमताको कदर गर्दै संस्थाको उन्नतीका लागि गर्ने छु । पहिले काम यो नै हो मेरो र नवनिर्वाचित पदाधिकारीहरुको भन्ने अझै तय गरेका छैनौ गृहकार्य गरीरहेका छौ ।

त्यसो भए अबको एक वर्षका लागि कस्ता योजना बनाउदै हुनुहुन्छ नि ?
हामीले स्थापनाकाल देखी नै वार्षिक कार्य योजना निर्माण गर्दै नियमित कार्यहरु गर्दै आईरहेका छौ । अब हामीले पनि ति कार्यहरु निरन्तर दिने नै छौ । यि वाहेक हामीले यस वर्षमा नयाँ केही कार्यक्रमहरु गर्ने सोच गरेका छौ , र गर्ने पनि छौ । जसमा ‘जेसीज गाउँ’ निर्माण गर्ने तय गर्दैछौ । जुन गाउँ निर्माण र प्रर्वद्धनका लागि हामीले तिव्रताका साथ काम गर्ने छौ । जेसीज‘ भिलेज ’अर्थात जेसीज गाँउ निर्माण गरी असल व्यतित्व र नेतृत्वको उत्पादन गरी सभ्य र सद्भावमैत्री समाज निर्माणमा टेवा पु¥याउने छौ ।

युवा शशक्तिकरण, युवा श्रम शक्रि र सिपको सदुपयोग गरी असल समाज निर्माणमा विशेष भुमिका निर्वाह गर्ने योजना निर्माणका साथ अगाडी वढ्ने छौ । हाम्रो समाज दिनैपिच्छे दुव्र्यसनीको दलदलमा फस्दै गईरहेको छ । त्यसको प्रत्यक्ष शिकार युवाहरु नै बनेका छन । जसका कारण सामाजिक सदभाव र अशान्ति फैलदै गईरहेका छ । अबको हाम्रो उद्देश्य भनेको युवाहरु शक्ति जागर, सिप क्षमतालाई असल समाज निर्माण गर्न खर्च गर्नु तर्फ उप्रेरित गर्नु नै । म यो भन्छु –‘ युवा शशक्तिकरण र असल समाज निर्माण लागि यसुवा शक्तिलाई उत्साहित गर्नु नै हो । ’

अर्को मेरो एउटा योजना चाँही अब मेरो पालामा अर्थात यही २०१८ मै त्रिभुवननगर जेसिजले साँविकको राप्ती अञ्चलका पर्यटकिय क्षेत्रको अध्ययन र अबलोकन गरी ति क्षेत्रहरुको संरक्षण र विकासका लागि विशेषखालको योजना निर्माण गरी राप्ती पर्यटकिय सुचना केन्द्र स्थापना गर्ने तय गरेको छु । आर्थिक विकास एउटा सुचक पर्यटन विकास पनि रहेकाले दाङको आथिर्क समृद्धिका लागि अति अपहार्य छ । दाङका पर्यटकिय क्षेत्रहरुको प्रर्वद्धनका विशेष खालको योजना निर्माण गरी समृद्धिका ढोकाहरु खुलाउने प्रयास गर्ने छौ । नेपाल जेसीजले नेपाल भर चार वटा क्षेत्र छुट्याएर क्षेत्रगत संरचना विभाजन गरेको छ । जसमा क,ख,ग र घ गरी विभाजन गरिएको छ । दाङ अर्थात हामी ‘घ’ क्षेत्र अन्तर्गत पर्ने गर्दछौ । जसलाई हामीले केन्द्रमा रुपमा पनि विकासका गर्ने मनसाय बोकेका छौ । आउने भदौमा सम्ममा क्षेत्रगत सम्मेलन गर्ने तय गरेका छौ । पूर्वमा नारायणी देखी पश्चिम महेन्द्रनगर सम्मको दाङलाई केन्द्रमा राखी क्षेत्रगत सम्मेलन गर्ने छौ ।

यि कुराहरु एक वर्षमा पूरा हुन्छन ?
ढिक्क हुनुस ,हामीले दुईचार वटा मात्रै कुरा नयाँ राखेको छौ । अन्य मैले भनेन वाँकी नियमति गर्दै आईरहेका वार्षिक क कार्यक्रम रहेको मैले माथि नै उल्लेख गरिसकेका छु । हामी कुरामा भन्दा काममा वढि विश्वास गर्छाै । जो युवा शशक्त टालेली नै छ । जेसीज आस्थावान र आवद्ध जेसीहरुले काम नै हाम्रो कम भन्ने भाव राख्नुहुन्छ र राख्दछौ पनि । हामीले संस्था सञ्चालनको एक वर्षकै म्याद हो । अर्काे वर्षमा अरुलाई पद सुम्पन्नुपर्छ ।

२०१४ मा जेसीजको खेलकुद संयोजक हुदै १५ मा उपाध्यक्ष , १६ मा महासचिव , १७ मा कोषाध्यक्ष र १८ का लागि अध्यक्षको जिम्मेवारी बोकेको छु । यो जिम्मेवारीहरु हिजोको केहि सफल कर्मको पनि हो । हिजो विभिन्न तहतप्कामा रही जेसीजको विकास र संरक्षण सहित सामाजिक सेवाभावमा लागे अझै पनि लाग्दैछु । अब लागेको ल्याइएका योजनाहरु पुरा हुन्छन । हिजो पनि भएका थिए ।

समाज सुधार देखि आर्थिक समृद्धिका कुरा सम्म गर्नुभयो । खासमा जेसीजको मुख्य उद्देश्य के हो ?
हाम्रो मुख्य उद्देश्य नै असल नेतृत्व र व्यत्तित्वको उत्पादन गर्नु नै हो । मानविय सेवा नै धर्म हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै अगाडी वढ्दछौ । हामी नाफा कमाउने वा राजनीति गर्ने उद्देश्यले हामी संस्थामा संलग्न भएको छैनौ । जेसीज एक पाठाशाला हो । यहाँ कोरा किताबी ज्ञानको पढाई नभई व्यवहारिक सेवाभाव व्यवहारिक पढाई हुन्छ । जो हामीले गर्दै आईरहेका पनि छौ । हामीले संस्थामा राजनितिको ‘र’ उच्चारण गर्दैनौ । त्यो हुदैन पनि । हाम्रो मुख्य उद्देश्य नै ‘हरेक व्यक्तिलाई नेतृत्वदायीको बोध गराउने र व्यक्तित्वको विकास गराउने नै हो । ’ जो व्यक्ति र नेतृत्व असल समाज निर्माणमा खर्च गर्नेे अर्काे लक्ष्य पनि हो । तर हामीले समुहको शक्तिलाई समाज रुपान्तरण पनि लैजाने गरेका छौ । हाम्रो समुहलाई समृद्धिमा पनि जोड्ने गरेको छौ । व्यक्ति–व्यक्तिले लगानी गर्दै सामाजिक सेवाका लागि काम गर्छाै । सहयोग संकलन गर्दै विपत, विपन्न घरघरमा जान्छौ ।

जेसीजमा राजनीति छैन भन्नुभयो, निर्वाचनका बेलामा पक्ष–विपक्ष देखिन्छ ? दल समर्थकहरु पनि भेटिनुहुन्छ नि हैन ?
लोकतान्त्रिक मुलुकमा निर्वाचन हुनु , पक्ष विपक्ष देखिनु खासै अस्वभाविक कुरो हैन । यसलाई स्वभाविकै मान्न सकिन्छ । केहि वर्ष अघि सम्ममा हामीले सर्वसम्मत वाट अध्यक्ष लगाएतका पदाधिकारी निर्वाचित गथ्यौ । तर केहि वर्षदेखि जेसीजमा निर्वाचनको माहोलवाट निर्वाचित हुनुपर्ने अवस्था देखिएको छ । जुन निकै राम्रो काम पनि हो । हिजोका दिन सम्ममा जेसीजले सञ्चालनका लागि नेतृत्वको अभाव खेपेको थियो । आज जेसीजले नेतृत्वका लागि थुप्रै नेतृत्वकर्ताहरु उत्पादन गरेको छ । जुन गौरवको कुरा पनि हो । हामीले हिजो सम्म नेतृत्वका लागि मान्छे खोज्नुपथ्र्यो । आज सवैले म नेतृत्व गर्छु भनेर आउनुहुन्छ । जसका लागि निर्वाचन गर्नुपनै पर्ने वाध्यता देखिन्छ । तर दलगत विभाजन भएर निर्वाचन भएको हुदैन म यो विश्वास दिलाउन चाहान्छु ।

विचार र आस्था राख्न पाउनु हरेक नागरिकको मौलिक अधिकार नै हो । तर हामीले त्यो अधिकार लाई जेसीजमा भित्र्याएको छैनौ । त्यो बाहिरी देखिएको होला । तर भित्र देखिएको छैन । जेसीज राजनीतिक देखी अछुतो नै छ । त्यो भ्रममा कोही पनि पर्नु हुदैन । हामी स्वच्छ रुपमा दलिय हस्तक्षेप विना, आवद्ध साथीहरु विचको भायित्वको भावना विकास गर्दै र स्वच्छमैत्री निर्वाचन प्रणाली मार्फत संस्था संचालन गर्दै आईरहेका छौ ।

जेसीजमा धनवाद र नातावाद निकै छ रे ? पैसा र आफन्त हुने मात्रै चुनाव जित्छन रे होर ?
मैले अघि भनि सके संस्था दान अनुदानका भरमा चल्दै आइरहेको छ । संस्थामा के छर के धान्ने हो । व्यक्ति खोज्दै संस्था चलाउदै गर्नुपर्ने वाध्यता छ । संस्थाको अवस्था यस्तो छ । सवैले बुझेको विषय हो । स्वच्छ प्रतिस्पर्धा हुन्छ कसैले पैसा ख्वाएर र भोजभतेर गरेर निर्वाचन जितेको छैनौ । त्यो मतदाताहरु पनि प्रष्ट छन । मैले फेरी दोहो¥याएर भन्नु राजनीति र पैसाको चलखेल गरेको अहिले सम्मको इतिहास छैन । अर्काे कुरा हामीले सवै जाति धर्म र लिङ्ग सम्मान गर्छाै । जातपातको कुरा जेसिज वाहिरै छ । हामीले संस्थामा राजनितिकरण, जातीयता र धनीगरीवको पक्षपात कहिले गर्दैनौ । असल क्षमता र व्यक्तिको मात्रै खोजी गर्छाै ।

अन्त्यमा केही भन्नु छ कि ?
अन्त्यमा सवैले सहीकर्म गरेर जानु पर्छ आज मैले चुनाव जिते एक्लै मैले नै केके गरे भनेर सोच्ने छैन । सवैले सवैको हित सोच्नुपर्छ । निर्वाचन प्रणालीमा निर्वाचित भए र म संगका सवै साथीहरुलाई हातेमालो गर्दै संस्थाको हितका सहकार्य गर्ने छु । सहकार्य र सद्भावको विकास गर्दै संस्थालाई अझै विकास उन्मुख बनाउने छु भन्दै तपाई र तपाईको सैघाली खबर परिवारलाई धन्यावाद दिन चाहान्छु । धन्यावाद

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्