दाङका कविराजको विकको भारतको गोवामा मृत्यु



रोजगारीको सिलसिलामा भारत गएका दाङ बबई गाउँपालिका वडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको हिजोराती मृत्यु भएको छ । सुतिरहेको अवस्था मृत्यु भएको जनाइएको छ ।

उनको मृत्युको कारण भने अहिलेसम्म खुलmेको छैन । गोवा प्रहरीले उनको मृत शरीर पोस्टमार्टमको लागि गोवा मेडिकल कलेजमा पठाएको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि अत्यष्टि गरिने मृतक कविराजका आफन्त हेमराज विसीले जानकारी दिए ।

उनी परिवार सहित विगत तीन वर्षदेखि गोवा कंलगुडस्थित गाडन सोसाइटीमा काम गर्दै आइरहेका थिए । मृतक कविराजका पत्नी सहित दुई छोरा एक छोरी छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्