गिरिराज नेपाली
दाङ,२० पुस । प्रदेश नं. ५ को प्रस्तावित प्रादेशिक मुख्यालयको कार्यालय दाङको बेलझुण्डी र प्रदेश प्रमुमखको कार्यालय एंव आवास घोराहीमा रहने प्रस्तावित योजना रहेको छ । ५ नं. प्रदेशको राजधानीको कार्यालय कार्य संञ्चालन विषयमा सम्भाव्य स्थान पहिचान अध्ययन समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र शहरी विकास मन्त्रालयमा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी स्थित आर्युवेद क्याम्पसको नवनिर्मित भवन प्रादेशिक मन्त्रालयको कार्यालय र जिल्ला समन्वय समिति दाङको भवनमा प्रदेश प्रमुखको कार्यालय र आवास सुविधा रहने गरी प्रस्तावित खाका तयारी गरी पेश गरेको छ ।
प्रदेश नं. ५ को प्रस्तावित राजधानीका लागि मन्त्रालय तुलसीपुर उपमहानरपालिका– १७ बेलझुण्डी र प्रदेश प्रमुखको कार्यालय ÷ आवास र अन्य मन्त्री तथा सचिवहरुको आवास पनि घोराहीमा राख्ने गृहकार्य तयार गरी मन्त्रालयमा पेश गरेको समितिले जनाएको छ । भौतिक पूर्वाधारको उपयुक्त सम्भावना र सुरक्षाको उच्च सर्तकर्ताका आधारमा अध्ययन गरीको पूर्वाधार सर्वेक्षणका आधारमा प्रस्ताव पेश गरिएको समितिका सदस्य सचिव एंव भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
समितिका सदस्य सचिव तथा भवन डिभिजन कार्यालय दाङका प्रमुख पाण्डेल नेपाल संस्कृत बेलझुण्डीको आर्युवेद भवनमा प्रदेशमा प्रदेश सभा भवन, प्रदेश सभामुखको कार्यालय, प्रदेश सभा सचिवालयको कार्यालय, संसदिय कार्यालय , प्रादेशिक मन्त्रालयहरुको कार्यालय ,मुख्यमन्त्रीको कार्यालय र प्रमुख सचिवको कार्यालय रहन सक्ने गरी योजना निर्माण गरी मन्त्रालयमा पेश गरीएको बताउनुभयो । एक सय ४ कोठे नवनिर्मित भवनमा यि कार्यालयहरु स्थापन गरी कार्यसञ्चालन गर्न सकिने उपयुक्त पूर्वाधार रहेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै हालको जिल्ला समन्वय समिति र प्रााविधिक कार्यालय घोराहीमा प्रदेश प्रमुखको कार्यालय र आवास, कृर्षि विकास वैंक सुपरिवेक्षण तथा निरिक्षण कार्यालय घोराहीको आवास भवनमा मुख्यमन्त्रीको निवास, जिल्ला वन कार्यालयमा सभामुख र उपसभामुखको आवास र जिल्ला कृर्षि विकासको कार्यालय घोराहीमा मन्त्री आवास तीन वटा रहने गरी सिफरिस गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै डिभिजन सहकारी कार्यालय घोराहीमा मन्त्री निवास दुई, घरेलु तथा साना उद्योगको कार्यालयमा मन्त्री निवास दुई वटा, जिल्ला शिक्षा कार्यालय दाङको आवास भवनमा प्रमुख सचिव निवास, जिल्ला शिक्षा कार्यालय दाङको भवनमा छ वटा सचिव आवास र जिल्ला हुलाक कार्यालय घोराहीमा सचिव निवास एक वटा प्रस्तावित गृहकार्य रहेको पाण्डेले जानकारी दिनुभयो ।
प्रादेशिक मन्त्रालयको सुरक्षा, कर्मचारी र स्टोर व्यवस्थापनका लागि पनि समितिले प्रारम्भीक गृहकार्य तयारी पारी मन्त्रालयमा पेश गरिएको उहाँले बताउनुभयो । नेपाल भरकै उत्कृष्ट पूर्वाधारमा रुपमा बेलझुण्डीको नवनिर्मित भवनका रुपमा अनुगमन टोलीले मन्त्रालयमा पेश गरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘ पूर्वाधारका हिसावले बेलझुण्डीमा मन्त्रालय र सुरक्षाका हिसावले घोराहीमा आवास सुविधाको व्यवस्था गरिएका हांै ।’ सवै मन्त्रालयहरु एउटै छानामुनि राखेर सेवा सुचारु गर्न सकिने उपयुक्त संरचना बेलझुण्डी, तत्कालका सुरक्षा संवेदनशिलता र आवास प्रयोजनाका भवनहरु घोराहीमा रहेका सरकारी कार्यालयहरु रहेकाले यि क्षेत्रहरु लाई तत्कालका लागि प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
मर्मतका लागि पाँच करोड पाँच लाख
प्रस्तावित प्रदेश नं. ५ को प्रादेशिक राजधानीको कार्यालय र मन्त्रीहरु तथा सचिवहरुको आवासहरुको मर्मत सम्भारका लागि । ५ नं. प्रदेशको राजधानीको कार्यालय कार्य संञ्चालन विषयमा सम्भाव्य स्थान पहिचान अध्ययन समितिले पाँच करोड पाँच लाख रुपैयाँ लागत अनुमान सहित प्रस्ताव पेश गरीएको छ ।
प्रादेशिक मन्त्रालयको कार्यालय बेलझुण्डी भवन मर्मतका लागि एक करोड आवश्यक पर्ने प्रस्तावित योजनामा उल्लेख गरिएको छ । जसमा पार्टेशन निर्माण, फर्निचर व्यवस्थापन, पहुच मार्ग स्तरोन्नती, सुरक्षा व्यारेक निर्माण र क्याम्पस वैकल्पीक व्यवस्थापन लागि उक्त रकम लाग्ने अनुमान गरिएको छ ।
त्यस्तै हालको जिल्ला समन्वय समिति प्राविधिक कार्यालयको व्यवस्थापनका लागि ६० लाख, कृर्षि विकास वैकका लागि ३० लाख, जिल्ला वन कार्यालय का लागि ३५ लाख , जिल्ला कृषि विकास कार्यालयका, डिभिजन सहकारीका र घरेलु कार्यालय मर्मत सम्भारका लागि ८० लाख , जिल्ला शिक्षा कार्यालय र आवास भवनका लागि ६० लाख , जिल्ला हुलाक कार्यालयका लागि २० लाख , सुरक्षा व्यवस्थापनका लागि एक करोड र कर्मचारी र स्टोर व्यवस्थापनका २० लाख गरी पाँच करोड पाँच लाख रुपैयाँ आवश्यक पर्ने समितिको प्रस्तावित योजना उल्लेख छ ।
१५ किलोमिटर दुरी
प्रदेश नं. ५ को प्रादेशिक मन्त्रालयको कार्यालय र मन्त्री निवासहरु दुरीका हिसावले पनि १५ किलोमिटर फरकमा पर्ने गर्दछ । घोराही –तुलसीपुर सडक खण्डको विचोविच भागमा पर्ने बेलझुण्डी भौगोलिक दुरीका हिसावले पनि नजिक रहेको ५ नं. प्रदेशको राजधानीको कार्यालय कार्य संञ्चालन विषयमा सम्भाव्य स्थान पहिचान अध्ययन समितिका सदस्य सचिव राजेन्द्र पाण्डेले बताउनुभयो । गाडीको प्रयोग गरी सजिलै संग मन्त्रालय जान÷आउन सक्ने दुरी रहेको उहाँले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।