स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित



काठमाण्डौ,जेष्ठ २५ स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसद्बाट पारित भएको छ ।बिहीबार बसेको संसद् बैठकले छोटो प्रक्रियाद्वारा स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित गरेको हो । संसद्को नियम निलम्बन गरेर विधेयक पारित गरिएको हो । यो विधेयक पारित भएसँगै राष्ट्रिय जनता पार्टी राजपा नेपालसहितका दलहरुलाई निर्वाचनमा सहभागी हुन बाटो खुलेको छ । राजपालगायत असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन भन्दै सरकारले पटक पटक मिति सारेर स्थानीय तहको निर्वाचन १४ असारमा पुर्‍याएको छ । वैशाख ३१ मै सबै स्थानीय तहमा चुनाव गर्ने भनिए पनि मधेसवादी दलहरुका कारण जेठ ३१, त्यसपछि असार ९ हुँदै १४ गतेलाई सारिएको हो । तर, राजपा चुनावमा सहभागी हुने अझै सुनिश्चित भइसकेको छैन ।

Samsad

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्