सवैका घरमा खानेपानीको पहँुच पुगेन् , २५ प्रतिशत दाङबासी खोलाकै  पानी पिउँछन् 



गिरिराज ने पाली

दाङ, २२ पुस  । दाङमा अझै  पनि २५ प्रतिशत नागरिकहरुका घरमा खाने पानीको  सुविधा पुग्न सके को  छै न । खाने पानीको  से वा नपुग्दा नागरिकहरु अझै  पनि खाने पानीका लागि खो लामै  भर पर्नुपर्ने  बाध्यता रहे को  जिल्ला खाने पानी तथा सरसफाइ डिभिजन कार्यालयले  जनाएको  छ ।

जिल्लामा पा“च लाख ५२ हजार पा“च सय ८३ मध्ये  एक लाख ३८ हजार एक सय ४५ जना खाने पानीका लागि खो लामा आश्रित छन् । जिल्ला खाने पानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका निमित्त प्रमुख एवं इञ्जिनियर तिलक न्यौ पाने का अनुसार जिल्लामा करीव एक लाख ५० हजार जना अझै  खो लाकै  पानी पिउने  गरे को  बताउनुभयो  ।

विकट एवं विपन्न वस् ती, खो ला आसपासका गाउ“, पानी मुहानको  उचित स्रो त नपुगे का गाउ“, वर्षे नि सुक्दै  गइरहे का पानीका मुहानहरुका कारण जिल्लामा अझै  साढे  एकलाख नागरिकहरु खो लाकै  भरमा बा“चे को  बताउनुभयो  । गाउ“सम्म खाने पानीको  पाइप, इनार वा बो रिङ धस् दा पनि पानी नआउने  समस् या रहे काले  खो लाकै  भरमा समस् या टार्नुपरे को  उहा“ले  बताउनुभयो  । बाध्यताका कारण खो लाको  पानी से वन गर्दा ती नागरिकहरुको  स् वास् थ्यमा समे त समस् या दे खा पर्ने  गरे को  उहा“ले  बताउनुभयो  ।

बढ्दो  प्रदूषणका कारण खो लाको  पानी दूषित बन्दै  गइरहे को  उहा“ले  बताउनुभयो  । शहरी क्षे त्रका ढलहरु खो लामा मिसिनु, वर्षायाममा फो हो र पानी बग्नु, खो ला क्षे त्रमा ल्याण्डफिल्ड साइट बनाउनु लगायतका कारणले  खो ला पनि प्रदूषित बन्ने  गरे को  उहॉ“‘ले  बताउनुभयो  । खो लामा निर्भर नागरिकहरुले  बाध्यताका कारण दूषित पानी से वन गरिरहनुपरे को  उहा“को  भनाइ छ । उहा“ले  भन्नुभयो – ‘खो लामा निर्भर रहे काहरुको  शुद्ध खाने पानीको  अधिकार खो सिएको  छ । हरे कका घर–घरमा शुद्धिकरणका प्रविधि भित्रिसके का छन् । तर कतिपय नागरिकहरु खो लाको  दूषित पानी र छरछिमे कमा निर्भर रहनु परे को  छ ।’

वर्षे नि सुक्दै  मुहान

बढ्दो  शहरीकरण र औ द्यो गिकीकरणले  दाङमा पानीका स्रो त वर्षे नि सुक्दै  जान थाले का छन् । जसका कारण दाङले  वर्षे नि पानीको  संकट खे प्दै  गइरहे को  छ । बढ्दो  वातावरण प्रदूषण, वन विनाश र खो लाजन्य वस् तुको  उत्खननले  पानीको  मुहान घटाउ“दै  लगे को  खाने पानी तथा सरसफाइ डिभिजनका निमित्त प्रमुख तिलक न्यौ पाने ले  बताउनुभयो  ।

बढ्दो  शहरीकरणस“गै  बढ्दै  गइरहे को  जनघनत्वले  दाङमा पानी संकट उन्मुख बन्दै  गइरहे को  पनि उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘पर्यावरणको  विनाशस“ग दाङमा पानीको  स्रो त महिनै  वर्षपिच्छे  घट्दै छ ।’ जसका कारण पानीका कृत्रिम मुहान थप गर्दै  पानीको  उपलव्धता गराउनुपर्ने  बाध्यता रहे को  छ ।

जिल्लामा उत्तरबाट दक्षिणतिर बग्ने  ठा“डाखो लाहरुमा वर्षातमा मात्र पानी बग्ने  तर खो ला उत्खननका कारण हिउ“दे पानी पतालिने  कारणले  खो ला र मुहानहरु वर्षे नि घट्दै  र सुक्दै  जान थाले को  उहा“ले  बताउनुभयो  ।

पानीका मुहानहरु सुक्दै  जानथाले पछि दाङमा समस् या पनि चुलिदै  गइरहे को  छ । उहा“ले  भन्नुभयो – ‘खो लाहरुमा संकलन के न्द्र निर्माण गरी पानी संकलन गर्न नसके  अझै  अभाव वर्षे नि थपिने  छ ।’ खो लाहरुको  संरक्षण र वातावरणको  विनाश यसरी नै  बढ्दै  गएमा दाङले  छिट्टै  पानीको  चरम संकट व्यहो र्नुपर्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्