दाङ पूर्ण खोपयुक्त जिल्ला घोषणा , ढुक्क हौं, दाङ नै राजधानी हो ःमहरा



गिरिराज नेपाली
घोेराही, २३ पुस । नेपालको ३४ आंै पूर्ण खोप युक्त जिल्लाको रुपमा आईतवार दाङलाई घोषणा गरिएको छ । नेपाल सरकारले पूर्ण खोप सुनिश्चितताका लागि अघि सारेका मापदण्डहरु पुरा गर्दै निशुल्क रुपमा सेवा दिदै आईरहेको ११ प्रकारका खोपहरु सवै नवजात शिशु र पाँच वर्षमुनिका वालवालिकाहरुको पहुँचमा पुगेकाले दाङलाई भव्यताका साथ घोषणा गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङले २०७४ साल असार २६ गते सम्म दश वटै स्थानीय तहमा रहेकाले १२ देखी २३ महिना सम्मका अर्थात दुई वर्ष मुनिका वालवालिकाहरुको गरिएको स्वास्थ्य चेकजाँचमा दश हजार १ सय ६० जनाले पूर्ण खोप सेवा पाइसकेकाले दाङलाई विविधित रुपमा पूर्ण खोपयुक्त जिल्लाका रुपमा घोषणा गरिएको हो ।जिल्ला खोप समन्वय समितिका संयोजक एंव जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता एंव उपप्रधानमन्त्री एंव प्रतिनिधिसभा सदस्य कृष्ण वहादुर महराको प्रमुख आतिथ्यतामा दाङलाई पूर्ण खोप सुनिनिश्चतताको घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि मन्त्री महराले दाङ नमुना स्वास्थ्य सेवा विकास र समृद्धिको यात्रामा पूर्ण खोप घोषणाले एउटा इट्टा थप्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दाङको समृद्धिका लागि यो गौरवमय पनि छ । ’ पूर्ण खोपको सुनिश्चितता र दिगोपनका लागि दाङवासी सवै सतकर्म जरुरी पनि छ ।

नेपाल सरकारले नवजात शिशु र बालबालिकाहरुका ११ प्रकारका खोप र आधारभुत स्वास्थ्यसेवा निशुल्क सवै नागरिकको पहुँचमा पुग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘ झाडाबान्ता, अशक्त अपाङग र जन्मन वा जन्माउन नसकेर अब कोही मर्न नपरोस् । ’दाङ लगाएत प्रदेश स्तर स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण शुरु भएको छ । अवश्य यसले दाङको स्वास्थ्य सेवा फेर्ने छ ।

कार्यक्रममा नेता महराले दाङ राजधानी बन्ने ढुक्क नै रहेको बताउनुभयो । केही भ्रमहरु बाहिर आए पनि केहि प्रक्रियागत, नीतिगत र सवैधानिक अड्चनहरु देखिएकाले भौतिक, भौगोलिक, सुरक्षा र वातावरणका हिसावले दाङ उपयुक्त रहेको वर्तमान सरकारमा लम्विङ भएको उहाँले बताउनुभयो । उहाँले प्रादेशिक राजधानीका लागि दाङ नै बन्ने छ । त्यो ढिलो चाँडो होला ? राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको छ । राष्ट्रियसभाको निर्वाचन पछि मुलुकले नयाँ गति लिने र दाङ राजधानी बन्ने निश्चित नै छ । मुकाम तोक्ने सरकारी ढिलाईका कारण दाङवासी केहि निरासता पैदा भएको छ । त्यो मलाई पनि भएको छ । तर अब दाङवासी ढुक्क हुनुहोस् ‘ दाङ नै राजधानी हो ’ त्यो हामीले देखाउने छौ । दाङ राजधानी भन्ने र बन्ने शब्द अझै पनि जुन मन्त्रालयमा प्रतिवेदनमा पनि छुटेको छैन दाङ नै राजधानी हो । त्यो केहि ढिलो चाँडो होला ?

त्यस्तै कार्यक्रममा नेकपा एमाले नेता एंव प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले दाङको सवै हरेक नागरिकले नैसर्गिक अधिकार नै आधारभुत स्वास्थ्य सेवा रहेकाले सवैको पहुँचमा आधार सेवा पुग्नुपर्ने बताउनुभयो । भने दाङको समृद्धिका लागि दतचित्तका साथ काम गर्ने उहाँले बताउनुभयो । उहाँले गरीवीका रेखामुनि रहेका विपन्न अझै पनि कतिपय सेवामा विमुख रहेकाले आधारभुत स्वास्स्थ्य अधिकारको सेवालाई हरेक नागरिकको पहँुचमा पु¥याउनुपर्ने नै रहेको उहाँको जोड थियो ।
त्यस्तै दाङ नं. क्षेत्र २ ‘२’ र दाङ क्षेत्र नं. ३ ‘१’ प्रदेशसभा सदस्य सांसद द्वय अमर वहादुर डाँगी र उत्तर कुमार वंलीले संरचनामा फेरिएको स्वास्थ्यलय लाई अब सेवामा पनि फेरिनुपर्ने बताउनुभयो । दाङका सरकारी अस्पतालहरुको रिफर सेवा संस्कार लाई बन्द गरी स्तरीय विशिषज्ञ स्वास्थ्योपचार सेवा सुचारु गर्न सवै सरोकारवाला र नागरिक सवै संवेदनशिल बन्नुपर्ने उहाँहरुले बताउनुभयो । दाङको स्वास्स्थ्य क्षेत्रलाई सुधार गरी स्तरीय सेवा र स्वास्थ्य दाङ निर्माणमा अनुकरणीय काम गर्न सवैका सहकार्य जरुरी रहेको भनाई थियो ।

त्यस्तै कार्यक्रममा स्वास्थ्य मन्त्रालयका स्वासथ्य सचिव डा. पुष्पा चौधरीले मुलुक स्वास्थ्य सेवा सुधारका लागि अतिरिक्त लगानीको आवश्यक रहेको बताउनुभयो । नेपालका विशिषज्ञ डाक्टरी सेवा अझै अभाव रहेकाले विशिषज्ञ सेवा उत्पादनका लागि अतिरिक्त लगानी आवश्यक रहेको उहाँले जोड दिनुभयो । जसका लागि स्थानीय स्तरमा स्थानीय सरकार र केन्द्रिय स्तरमा केन्द्रिय सरकारले त्यसको व्यवस्थापनको विकल्प रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज जीवन गौतम, वालस्वास्थ्य महाशाखाका डा. विकास लामिछाने, मध्यपश्चिमाञ्चल स्वास्थ्य क्षेत्रिय निर्देशनालयका डा रिता जोशी र प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठ लगाएतकाले शुभकामना मन्तव्य सहितको भनाइ राख्नु भएको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक सदस्य सचिव एवं जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण डा. लोकराज पराजुलीले गर्नुभएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्