दाङमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु



दाङ । दाङमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

नारायणपुरमा रा १ झ १००२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटीलाई मंगलबार दिउसो ठक्कर दिदा स्कुटी चालक साविक तुलसीपुर उपमहानगरपालिका–८ का ६८ बर्षीय टोपेन्द्र पोख्रेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । पोख्रेल हाल घोराहि उपमहानगरपालिका १० नारायणपुर बस्दै आएका थिए ।

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते भएका पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिए ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको एम्बुलेन्सले पोख्रेललाई घरनजिकै सडकमा ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

अटोले मोटरसाइकललाई ठक्कर दिदा एक युवक घाइते

यस्तै तुलसीपुर -८ अश्वारमा अटोले मोटरसाइकललाई ठक्कर दिदा एक युवक घाइते भएका छन् ।

भमकेबाट श्रिगाँउतर्फ जादै गरेको रा ४ प १६१३ नम्बरको मोटरसाइकललाई सोहि दिसाबाट जादै गरेको नम्बर नखुलेको अटोले बिहान साढे १० बजेको समयमा ठक्कर दिदा मोटरसाइकल चालक ३० वर्षीय इन्द्र बहादु्र वली घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्