अनेरास्ववियू बझागंमा नयाँ कमिटि गठन, संयोजकमा रोकाया, सहसंयोजमा सिहं चयन



तारा कुमारी राेकाया बझाङ

अनेरास्ववियू बझागंले जिल्लामा नयाँ कमिटि गठन गरेकोछ । संगठनको जिल्ला संयोजकमा पुष्पलाल रोकाया (ज्वाला) र सह–संयोजकमा देविजंग सिहं चयन भएकाछन् ।
संगठनको विधि र विधान विपरित काम गरेको भन्दै जिल्ला संयोजक रहेका प्रविन्द्र धामीलाई साधारण सदस्य समेत नरहने गरि कारबाहिकालागि सिफारिस गरे लगत्तै नयाँ कमिटि गठन गरिएको हो । नेकपाको पार्टी कार्यालय चैनपुरमा शुक्रबार भएको अनेरास्ववियूको भेलाबाट जिल्ला संयोजक र सह–संयोजक चयन गरिएको हो ।

काम चलाउ सरकारका प्रधानमन्त्रि केपि शर्मा ओलीको असंवैधानिक संसद विघटका विरुद्धमा सह–संयोजक सिहंको नेतृत्वमा जिल्लामा थुप्रै विरोध कार्यक्रम हुदैआएका थिए । जिल्ला सदरमुकाम चैनपुरमा राँके जुलुस, पुत्ला दहन, मोटर साईकल ¥याली तथा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई संविधानका धारा व्याख्या गरेको ज्ञापन पत्र बुझाएर विरोध प्रदर्शनको नेतृत्व गरिरहेका सिहं संगठनको जिल्ला सह–संयोजकमा पुनः दोहोरिएका हुन् ।

नेकपा पार्टी एकता पछि गठन गरिएको तत्कालिन अनेरास्ववियूको जिल्ला कमिटिमा नअटाएका रोकायाले एकताको मर्म बिपरित नातेदारलाई कमिटिमा सिफारिस गरेको भन्दै विरोध जनाउँदै आएका थिए । तत्कालिन कमिटिमा विद्यार्थी आन्दोलनमा अनवरत खटिरहने कार्याकर्तालाई वाईपास गर्दै आफ्ना बफादारलाई टिका लगाइएको समेत रोकायाको आरोप छ ।
विगत देखि नै विद्यार्थी राजनितिमा सक्रिय रोकायालाई तत्कालिन जिल्ला कमिटिमा सिफारिस नगरिनु नातावादको पराकाष्टा भएको पत्रकार उत्तम कुमार थापाको भनाई छ । उनले भने, “पुस्पलाल रोकाया विद्यालय तहदेखि नै कम्युनिष्ट राजनितिमा सत्रिय योद्धा हुन् । बझागंको खेलकुद क्षेत्रमा समेत योगदान पुर्याएका रोकाया नेपाल क्योकुशिन कराते संघका केन्द्रीय अध्यक्ष र क्योकुशिन विश्व महासंघ बोड सदस्य रहेकाछन् । रोकाया जस्ता जुझारु युवा नेतृत्वमा आउनु पर्छ ।”

अनेरास्ववियू बझागंका जिल्ला सह–संयोजक देविजगं सिहंको अध्यक्षतामा शुक्रबारको भेलामा नेकपाका केन्द्रीय सदस्य एवम् नेकपा बझाङ सह–इन्चार्ज देबराज रेग्मी प्रमुख अतिथि रहेको थिए । उक्त कार्यक्रममा अनेरास्ववियू केन्द्रीय लेखा आयोग सचिब मदन भुल (रोशन), नेकपा जिल्ला कमिटि सचिवालय सदस्य प्रकाश रोकाया, अनेरास्ववियू केन्द्रीय सदस्य दुर्गा जोशी, अनेरास्ववियू केन्द्रीय सदस्य रामचन्द्र रोकाया, अनेरास्ववियू केन्द्रीय लेखा आयोगका सदस्य हरिश खड्का लगाएतको उपस्थिति रहेको थियो ।

यसअघि तत्कालिन अनेरास्ववियू जिल्ला संयोजक प्रविन्द्र धामीलाई संगठनको विधि र विधान विपरित काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरि कारबाहिका लागि सिफारिस गरिएको थियो । संगठनका जिल्ला संयोजक धामी विद्यार्थिको प्रतिनिधित्व गर्नु सट्टा एउटा गुटको झोले भएको भन्दै कारबाहिको लागि सिफारिस गर्न बाध्य भएको सह–संयोजक सिहंको आरोप थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्