अम्बिकेश्वरी डेन्टल एण्ड फार्मेसी उद्घाटन एक महिना निःशुुल्क सुुगर परीक्षण



दाङको घोराहीस्थित नयाँ बसपार्कमा अम्बिकेश्वरी डेन्टल केयर सेन्टर एण्ड फार्मेसी सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले सेन्टर एण्ड फार्मेसीको उद्घाटन गर्नुभएको छ ।

सेन्टरमा दाँतसम्बन्धी सम्पूर्ण उपचार गरिने सञ्चालक शिला आचार्यले जानकारी दिनुुभयो । उहाँका अनुुसार सेन्टरमा दाँतको तार बाँध्ने, सफा गर्ने, स्केलिङ गर्ने, दाँत भर्ने लगायतका सम्पूर्ण समस्याको उपचार गरिन्छ ।

सेन्टरमा रगत, दिसा, पिसाब तथा सम्पूर्ण ल्याब परीक्षण गरिने अर्का सञ्चालक पाण्डव शर्माले जानकारी दिनुुभयो । ‘हामीले केही समयभित्र दाँत बाहेक अन्य रोगका पनि विशेषज्ञ डाक्टरसहितको उपचार सेवा सञ्चालन गर्ने तयारी गरेका छौं,’ उहाँले भन्नुुभयो, ‘एक्सरे सेवा पनि सञ्चालनमा ल्याउँदै छौं ।’

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले स्वास्थ्य संस्थाहरु स्थापना हुनु नगरबासीहरुलाई फाइदाजनक भएको बताउनुुभयो । ‘बसपार्क क्षेत्र र यस आसपासका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी सेवा सञ्चालन गर्नुभएको छ,’ उहाँले भन्नुुभयो, ‘दाँतसम्बन्धी समस्या भएका समग्र नगरवासी तथा राप्ती अञ्चलकै जनतालाई सहज हुने छ भन्ने मैले विश्वास लिएको छु ।’

नेपाल चिकित्सक संघ, दाङका अध्यक्ष डा. कुुबेरकुमार रेग्मीले गुणस्तरीय स्वास्थ्य संस्थाहरु स्थापना हुुनु आम नागरिकका लागि सकरात्मक कुुरा भएको बताउनुुभयो । उद्घाटनको दिन सम्पूर्ण सेवाहरुमा ५० प्रतिशत छुट गरिएको थियो ।

उद्घाटनको अवसरमा एक महिनाका लागि पूर्णरुपमा निःशुल्क सुुगर परीक्षणको व्यवस्था गरिएको सञ्चालक पाण्डव शर्माले जानकारी दिनुुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्