दाङका दुई खेलाडी राष्ट्रिय खेलमा छनौट



सैघाली खबर
दाङ, २५ पुुस । यही माघ २ गते देखी ६ गते सम्म पश्चिम कञ्चनपुरमा हुन लागिहरेको ३९ औं राष्ट्रिय व्याडमिण्टन प्रतियोगिताका लागि दाङवाट दुई जना खेलाडी सहभागी हुने भएका छन ।

यही पुस २३ र २४ गते नेपालगंजमा सम्पन्न राष्ट्रिय खेल छनौट प्रतियोगितामा दाङका सिउजंग जिएम र रितु लिगल राष्ट्रिय खेलको लागि छनौटमा परेको खेल प्रशिक्षक संजीव श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय छनौट प्रतियोगितामा जिएम तृतिय र लिगल महिला एकल विद्यामा छनौट हुनुभएको श्रेष्ठले जानकारी दिनुभयो ।

दाङवाट छनौट प्रतियोगिताका लागि ४ पुरुष र २ महिला सहभागीभएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्