दाङका एक कोरोना संक्रमितको बाँकेमा निधन



२७ पुष, तुलसीपुर । दाङका एक कोरोना संक्रमितको बाँकेको भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर २ निमुरीया बस्ने ३९ बर्षिय कुमार केसीको भेरी अस्पतालमा उपचारकै क्रममा सोमवार दिउँसो निधन भएको छ ।

घोराहीमा स्वर्गद्धारी डिजिटल पसलका सन्चालक समेत रहेका केसीलाई गएको बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो । केहि समय अघि कोरोना आसंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परिक्षण गर्दा रिपोट नेगेटिभ आएको थियो । तर समस्या थपिदै गएपछि थप उपचारका लागी नेपालगन्ज लगीएको थियो ।

गएको मंगलवार कोरोना लक्षण देखा परेपछि बुधवार कोरोना परिक्षण गराउदा रिपोट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सोमवार उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनको शवलाई सोमवार नै घोराही ल्याईदैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्