राप्तीमा डुबेर एकजना बेपत्ता



टेकबहादुर पुन,  दाङ । राजपुरको बेला घाटमा डुबेर एक युवा ब्यपत्ता भएका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर २ बेला घाटमा पौडी खेल्ने क्रममा बेला निवासी अन्दाजी २७ बर्षिय प्रदिप चौधरी ब्यपत्ता भएका हुन् ।बिहिवार दिउँसो करिब १ बजेतिर पौडी खेल्ने क्रममा चौधरी राप्तीमै ब्यपत्ता भएको प्रहरीले बताएको छ ।

माघे सँक्रान्तीको अबसरमा राप्ती किनारमा बनभोज सहित उनिहरु पौडी खेल्न राप्ती गएका थिए । घटना स्थलमा उनिहरुको मोटरसाईकल र मासु पनि फेला परेको छ ।

अहिले नेपाल प्रहरी, एपिएफको गोताखोर टोली र स्थानिय घटना स्थलमा उनको खोजीकार्य भईरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्