प्रचण्ड-माधव समुह नेकपाको कार्यकर्ता भेला तुलसीपुरमा हुने, नेपाल र श्रेष्ठ दाङ मा



 माघ  २। प्रचण्ड-माधव नेतृत्वको नेकपा समुहको बृहत कार्यकर्ता भेला भोली शनिवार तुलसीपुरमा हुन लागेको छ । भेलालाई सम्वोधन गदै प्रचण्ड-माधव समुहको नेकपा अध्यक्ष माधव कुमार नेपाल र पाटीका प्रवक्ता नारायणकाजी श्रेष्ठ दाङ आउन लागेको नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले जानकारी दिएका छन् ।

साथै पुर्व सभामुख कृष्ण बहादुर महराले भेलालाई सम्वोधन गर्नेछन् । शनिवार ११ बजे तुलसीपुर उद्योग बाणिज्य संघको सहभाहलमा कार्यक्रम हुने अध्यक्ष खड्काले जानकारी दिएका छन् ।आयोजकले उपस्थितका लागी नेता,कार्यकर्ता, शुभेच्छुक सवैमा अपिल गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्