दाङमा प्रतिष्ठान राजधानीमा अस्थायी कार्यालय



गिरिराज नेपाली
दाङ, २६ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण दाङमा हुने भए पनि राजधानीमा अस्थायी कार्यालय खुलेको छ । प्रतिष्ठानको प्रशासनिक काम कार्वाही सञ्चालनका लागि भन्दै अस्थायी कार्यालय काठमाण्डौमा खुलेको हो । जहाँ कार्यालय खुल्ने छ वा बन्ने छ । त्यही कार्यालय खुल्नुपर्ने वा निर्माण गतिविधि सञ्चालन हुनुपर्ने कानुनी प्रावधान रहेपनि प्रतिष्ठानको भने त्यसो हुन सकेको छैन । तर स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यसो गर्न सकेको छैन । त्यसो नहुदा स्थानिय प्रशासन , स्थानीयवासी र अन्य सरोकारवालहरुको दाङको स्वास्थ्य प्रतिष्ठानको कार्यालय दाङ खुल्नुपर्ने दवाव दिएका छन ।

राप्ती उपक्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डा. जर्नादन पन्थीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण प्रक्रिया संगै प्रतिष्ठानको अस्थायी कार्यालय राजधानीमा पुगेको बताउनुभयो । राजधानीको कार्यालयवाट संञ्चालन हुने प्रतिष्ठानको कामले तिव्रता नपाउन उहाँको भनाई छ । उपकुलपतिले प्रशासनिक कार्य सञ्ंचालनका भन्दै दाङमा कार्यालय नै नखोलेर काठमाण्डौमा कार्यालय स्थापना गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘ राजधानी वाटको निर्माणले दाङमा प्रतिष्ठान बन्न सक्दैन् । दाङमै कार्यालय खोलिनुपर्छ । ’ काठमाण्डौमा स्थापना भएको कार्यालय दाङको प्रतिष्ठानलाई सम्पन्न गर्न सक्दैन । काठमाण्डौमा अस्थायी कार्यालय खोल्ने र काठमाण्डौमा बस्ने यताको काम कस्ले हेर्ने ? उहाँले प्रश्न गर्नुभयो ।

काठमाण्डौमा प्रतिष्ठानको कार्यालय किन खोलिएको हो । त्यो अस्पताललाई लाई कुनै खबर दिनुभएको छैन । तत्कालका लागि अस्पताल परिसरमा कार्यलय स्थपना गर्न सकिने वा आसपासमै कुनै विकल्प खोज्न सकिन्छ । तर दाङका कहिले कार्यालय खुल्छ भन्ने हामीलाई केहि थाहा छैन । ‘तर स्वास्थ्य मन्त्रालयमा परिसरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय खुलेको छ भन्ने चै थाहा छ । ’ उहाँले भन्नुभयो ।

त्यस्तै नेकपा माओवादी नेता एंव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण अभियान्ता जीवन गौतमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थायी ÷ अस्थायी जे भए पनि कार्यालय दाङमा स्थापना हुने बताउनुभयो । अस्थायी भनेर मन्त्रालय राख्ने कार्यालय वाहिरी रुपमा काठमाण्डौको काम देखाउला? राजधानीमा बस्ने कार्यालय राजधानी, मन्त्रालय र मन्त्रीमुखी होला, तर दाङ मुखी नहुने बताउनुभयो । नीतिगत रुपमा पनि दाङमा बस्ने कार्यालय काठमाण्डौमा खुल्दा त्यो विपरित नै ठहर हुन्छ । प्रविधिको युगामा सवै कार्यालय काठमाण्डौ वा मन्त्रालयमा बस्नुपर्छ भन्ने छैन ।

उहाँले नेपाल संस्कृत विश्वविद्यालयको उदाहरण दिदै थप्नुभयो– केन्द्रीय विश्वविद्यालयको हालत जस्तै प्रतिष्ठानको पनि बन्नेछ, काठमाण्डौको कार्यालयले । सम्वन्धीत क्षेत्रको कार्यालय सम्वन्धीत परिसरमै राखेर कार्य संचालन गर्न सकिन्छ । तर राजधानीको मोहोका कारण प्रतिष्ठानको कार्यालय दाङमा भन्दा पहिले नै काठमाण्डौमा खुलेको छ । त्यो दाङवासी र राप्ती स्वास्थ्य वित्रान प्रतिष्ठानले चाहेको छैनौ । उहाँले भन्नुभयो । राप्ती स्वास्थ्य सेवा स्तरोन्नती गर्ने अभिप्रायका साथ दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण हुदैछ । काठमाण्डौको सोखिन्ताले त्यो सम्भव होला जस्तो छैन । गौतमले नेकपा माओवादी केन्द्र दाङले पनि त्यो कदापी मान्ने हुने छैन । काठमाण्डौको केन्द्रीत कार्यालयले प्रतिष्ठान निर्माण अन्यौलमा पर्न सक्ने उहाँको धारणा छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले प्रतिष्ठानको अस्थायी कार्यालय न्यायसंगत नभएको उहाँको ठहर छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको घोराही निर्माण हुदैछ । तर कार्यालय भने अस्थायी भनेर काठमाण्डौमा छ । दाङ प्रशासनले प्रतिष्ठानको कार्यालय दाङमै स्थापना भई सवै काम दाङवाटै सुचारु हुनुपर्दछ भन्ने माग राखेको छ । दाङवाटै प्रशासनिक काम सुचारु गरिनुपर्छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले प्रतिष्ठानको अझै नीतिगत थुप्रै कामहरु गर्न वाँकी रहेकाले केहि समयका लागि काठमाण्डौमा अस्थायी कार्यालय स्थापना गरिएको बताउनुभयो । मन्त्रालयहरुको काम अझै वाँकी रहेकाले तत्कालका लागि अस्थायी कार्यालय स्थापना कार्य अगाडी वढाईरहेको उपकुलपति भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ दाङमै कार्यालय खुल्छ । काठमाण्डौमा पनि सम्र्पक कार्यालय संचालन आवश्यक पर्छ । ’ तर काठमाण्डौमा कार्यालय बस्छ भन्ने चै होईन । तत्कालै दाङका कार्यालय स्थापना गर्न सकिन्थ्यो , तर भवन अभावका कारण गर्न सकिएको छैन । भवनको व्यवस्थापन भएमा दाङमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय संचालन गर्ने उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्