कपुरकोट २ मा ओली नेतृत्वको नेकपाको भेला सम्पन्न, अध्यक्ष सेनको सम्बोधन



सल्यान, ५ माघ । शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य रहेको जनाउँदै सल्यान कपुरकोट गाउँपालिकाको २ नम्बर वडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले प्रधानमन्त्रीको कदमको बचाउ गरेका छन् ।

 

नेकपा ओली समुहको वडा स्तरिय कार्यकर्ता भेलामा कर्णाली प्रदेश कमिटी सदस्य तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले प्रचण्डको पारिवारिक र सत्ता मोहका कारण समस्या उत्पन्न भएको कुरा सबैले थाहा पाउनुपर्ने बताए । उनले विदेशी शक्तिको गोटी बनेर नेकपा भित्रै केही नेताले कम्युनिस्ट नेतृत्वको सरकार ढाल्ने षडयन्त्र गर्दा दुर्घटनाबाट बचाउनका लागि प्रधानमन्त्री ओलीले बाध्यात्मक कदम चाल्नुपरेको बताए ।

नेकपा कपुरकोट २ ले गर्पामा आयोजना गरेको कार्यक्रममा नेकपा कपुरकोट गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य घनश्याम शर्मा, जिल्ला कमिटी सदस्य द्वय ओम बहादुर बुढा र टिकाराम वोहोरा, कर्णाली परिषद् सदस्य द्वय पदम खड्का र द्रोण केसी, युवा संघ सल्यानका संयोजक रुपक बुढा लगाएतले बोल्दै केपी ओली मुलुककै ऐतिहासिक, साहसी र राष्ट्रवादी पुरुष भएको जिकिर गरेका थिए ।

नेकपा कपुरकोट २ का सचिव नवराज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा पालिका कमिटी सदस्य इश्वर बुढाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सन्तसिंह घर्तीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्