नेपाल र भारत प्रबुद्ध समूको बैठक आज नयाँ दिल्लीमा किन बस्दै छ ?



सैघाली खबर
काठमाडौं,२७ पुस

नेपाल र भारतबीचका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठक आज नयाँदिल्लीमा बस्दैछ । बैठकमा १९५० मा हस्ताक्षरित नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन तथा सीमा व्यवस्थापनका विषयमा छलफल हुने बताइएको छ ।

सन्धिको धारा २, ५, ६ र ७ सच्याउनुपर्ने नेपाल पक्षको मागमा भारतीय टोली यसअघिको बैठकमा सकारात्मक रूपमा पेस भएको थियो । बैठकमा सहभागी हुन नेपालतर्फका संयोजक डा. भेषबहादुर थापा र सदस्यहरू निलाम्बर आचार्य, सूर्यनाथ  उपाध्याय र डा. राजन भट्टराई बुधबार नयाँदिल्ली जानुभएको छ ।

भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी. लामा र बिसी उप्रेती बैठकमा सहभागी हुनुहुनेछ । बैठकमा नेपालका तर्फबाट नेपाल–भारत डुबान नियन्त्रण, व्यापार तथा पारवहनका विषयमा प्रस्ताव राखिने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्