रिहापछि पनि डा. केसीको अनसन जारी



सैघाली खबर
काठमाडौं,२७ पुस

सर्वोच्च अदालतको आदेश पछि रिहा हुनु भएका डाक्टर गोविन्द केसीले आन्दोलन जारी राख्नु भएको छ । केसीले आफूले अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको र अदालतको स्वच्छ आलोचना मात्रै गरेको बयान दिएपछि सामन्य तारिखमा रिहा गरिएको थियो ।

केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनसन भने जारी राख्नु भएको छ । अदालतको हिजोको आदेशमा केसीले प्रश्न उठाएका प्रधानन्यायाधीश गोपाल पराजुलीका दुईवटा नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि समेत अदालतमा पेश गर्न भनिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्