शिक्षिकालाई हातपात गरेका प्रअको दादागिरी, वडाध्यक्षलाई मार्ने धम्की



टेकबहादुर पुन

दाङ । देउखुरीको राजपुरमा प्रधानाध्यापकले दादागिरी शैलीमा वडा कार्यालयमै गएर वडाध्यक्षलाई सिध्याउने धम्कि दिएका छन् ।
राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भिम बहादुर खड्कालाई सोही वडा अन्तरगतको एक बिद्यालयका प्रधानाध्यापकले सिध्याईदिने धम्कि दिएका हुन ।
राजपुर-७ माबि सिक्टामा कार्यरत प्रधानाध्यापक बिष्णु खत्रीले केहि दिन भित्रै सिध्याई दिने धम्कि दिएको वडाध्यक्ष खड्काले आरोप लगाए ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखारिया घर भएका खत्रीले आफुलाई धम्कि दिएको वडाध्यक्ष खड्काले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

प्रधानाध्यापक खत्री माघ ७ गते सिफारिस लिन वडा कार्यालयमा गए । सिफारिस लिए लगत्तै वडा कार्यालयमै वडाध्यक्षलाई तथानाम गाली गलौज सँगै सिध्याईदिने धम्कि दिएको नाम नबताउने सर्तमा वडाकै एक कर्मचारीले भने ।

वडाध्यक्ष खड्काले जारी गरेको बिज्ञप्तीमा सबैको सामुन्ने आफुलाई गालि गलौज गर्दै मार्ने धम्कि दिएको उल्लेख छ ।

वडा अध्यक्ष खड्काले बिज्ञप्ती मार्फत आफुलाई धम्की दिने शिक्षकलाई कानुनी कारबाहीको दायरामा ल्याउनका लागी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नागरिक समाज, मानव अधिकारकर्मी संग अनुरोध समेत गरेका छन ।
शिक्षिकालाई हातपात गर्ने प्रधानाध्यापक

यिनै प्रधानाध्यापक हुन जसले सोही बिद्यालयमा कार्यरत एक महिला शिक्षिकालाई हातपात गरेका थिए । बारम्बार विभिन्न बाहनामा बिबादित हुँदै आएका प्रअ खत्रीले कुन नियतले शिक्षिकालाई हातपात गरेका हुन भन्ने बारे सार्बजनिक हुन भने सकेन ।

सुर्योदय प्राथमिक विद्यालय बनकट्टीबाट काजमा माध्यामिक विद्यालय सिक्टामा आएका शिक्षक बिष्णु खत्री राहतकोटाका शिक्षक हुन । उनी यो भन्दा अघि आफू नै प्रधानाध्यापक हुनुपर्ने जिकिर गर्दा बिबादमा मुछिएका थिए । शिक्षिकालाई हातपात गरेको अभियोगमा उनलाई ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरि ५ दिनसम्म हिरासतमा लिएको थियो । धरौटीमा रिहा भएका प्रधानाध्यापक खत्रीको मुद्दा अझै फैसला भने हुन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्