५ वटा माग पूरा नभएसम्म अनसन जारी रहने डा केसीको भनाइ



 

सैघाली खबर
काठमाडौं, २७ पुस । –सर्वोच्च अदालतले तारेखमा छाडे पनि आफ्ना सबै माग पूरा नभएसम्म डाक्टर गोविन्द केसीले अनसन जारी रहने बताउनुभएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक योग्यतालगायतका कागजातको छानविन गर्न सर्वोच्च प्रशासनले बुधबार आदेश दिए पनि आफूले उठाएका ५ वटा माग पूरा नभएसम्म अनसन जारी राख्ने बताएको उहाँका सहयोगी डाक्टर जीवन क्षेत्रीले जानकारी दिनुभयो ।

डाक्टर केसीले न्यायालयको भ्रष्टाचार अन्त्य, प्रधानन्यायाधीशको राजीनामा, चिकित्सा शिक्षा आयोग गठन, आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्त, मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिने त्रिविका पदाधिकारीको बर्खास्ती र त्रिवि शिक्षण अस्पतालको सुधार लगायतका माग गर्दै गएको सोमबार अनसन सुरु गर्नुभएको थियो । तर अदालतको अवहेलना गरेको भन्दै उहाँलाई सोमबार नै पक्राउ गरिएको थियो ।

यस्तै प्रधानन्यायाधीस गोपाल पराजुलीको राजीनामालगायत माग गर्दै डाक्टर गोविन्द केसीले गरिरहेको अनसनको समर्थनमा काठमाडौंमा अहिले प्रदर्शन भैरहेको छ । न्यायाधीशले न्यायको किनबेच गरिरहेको, मेडिकल शिक्षाका बारेमा प्रधान्यायाधीस गोपाल पराजुलीले बदनियत राखी फैसला गर्ने गरेको लगायत डाक्टर केसीले उठाएका मागको सुनुवाई गर्न डाक्टर केसीका समर्थकले प्रदर्शन गरका हुने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्