नेशनल प्याव्सन द्धारा रक्तदान ।।



्विमल गौँतम्
तुलसीपुर २७पुस ।।
राष्ट्रिय निजी तथा आवासिय बिद्यालयय एशोसियसन नेपाल नेशनल प्याव्सन दाङको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेशनल प्याव्सन नेपालको २० औ स्थापना दिवसको अवसर पारि आज दाङको तुलसीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्लामा रहेको रगतको अभाव लाई पुर्ति गर्नका लागी यस पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको सचिव ठाकुर डागिले बताउनु भयो । सो अवसरमा नेशनल प्याव्सनका केन्द्रिय सदस्य , जिल्ला पदाधिकारि एव सदस्य तथा ज्ञानज्योति स्कुलका शिक्षकहरुले रक्तदान गर्नु भएको थियो । नेशनल प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकिो अध्यक्षता , केन्द्रिय सदस्य प्रकाश कुमार शर्माको प्रमुख आतित्थ्यता एवम अर्का केन्द्रिय सदस्य पे्रम नेपालीको विशिष्ट आतित्थ्यतमा रक्तदान कार्यक्रमको उदघाटन गरिएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले रक्तदान जिवनका दान भएकाले सवैले रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले मानिस स्वस्थ हुनका लागी पनी प्रत्येक ३–३ महिनामा रक्तदान गर्नु पर्ने बताएका थिए ।

प्रत्येक ३ महिनामा मानिसको शरिरमा नयाँ रगत वन्ने भएकाले पनी नियमित रुपमा रगत दान गरेको स्वास्थ्यका लागी पनी फाईादा हुने तथा रगतको अभावमा रहेको बिरामिहरुलाई पनी रगतको अभाव नहुने बताएका थिए । सो अवसरमा रक्त संचारकेन्द्र दाङका प्रमुख दिलिप न्यौपाने , नेशनल प्याव्सनका वरिष्ठ उपाध्यक्ष बिमल गौतम , उपाध्यक्ष भोजराज न्यौपाने , सहसचिव लाकेन्द्र खडका लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव ठाकुर डागिले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्