सुठौली भन्सारमा बढी राजश्व तिर्ने करदाता हबिबुल्लाह मुसलमान सम्मानित



कपिलवस्तु । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सार कार्यालयले सबै भन्दा बढी भन्सार राजश्व तिर्ने करदातालाई सम्मान गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा सुठौली भन्सारले बार्षिक लक्ष्य भन्दा बढी रकम अर्ध बार्षिक अवधि मै लक्ष्यको करिब १ सय ५० प्रतिशत रकम संकलन गरेको मध्ये बढी राजश्व तिर्ने करदाता हबिबुल्लाह मुसलमानलाई सम्मान गरेको हो ।

सुठौली भंसारले यस आ.व.मा ५३ करोड ४० लाख बराबर भंसार राजश्व असुलीको लक्ष्य दिईएकोमा साउन देखि पुस सम्म भन्सारमा ७८ करोड ५० लाख ८ हजार १६७ रुपैयाँ संकलन भएकोे मध्ये सबै भन्दा बढी राजश्व तिर्ने रहमानी टे«डर्सका संचालक हबिबुल्लाह मुसलमानलाई प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

भन्सारको स्तारोन्नतीको निर्णय कार्यान्वयनमा आएपनि हालका पुर्वाधार जिर्ण हुनु, कर्मचारीका लागी आवासको समस्या, यार्ड नहुदाँ सडकमै मालबाहक सवारी पार्किङ्ग गर्नु पर्ने बाध्यता, खाद्यबस्तु परिक्षणका लागी क्वारेन्टाईनको उपलब्धतामा समस्या आएपछि कार्यक्रममा बोल्दै प्रजिअ दीर्घनारायण पौडेलले सुठौली भन्सारमा क्वारेन्टाईन स्थापनाका लागि चाडै नै पहल गरिने ,पार्किङ्ग अभावले गाडीहरु सडकमै खडा भएकाले यात्रुहरुलाई मर्का परेको भन्दै उहाले भन्सारका लागि आवश्यक जग्गा समेत लिने प्रकृया चाडै अघि बढाईने बताउनु भएको छ ।

यस्तै जग्गादाता सोमनाथ चौधरी, भन्सारका कर्मचारी मोहनलाल अग्रवाललाई समेत सम्मानित गरिएको थियो । सुठौली भन्सार कार्यालयले ६ महिनामै बार्षिक लक्ष्यको १सय ५० प्रतिशत राजस्व संकलन हुनु ठुलो उपलब्धी भएको सुठौली भन्सार कार्यालयका प्रमुख तथा भन्सार अधिकृत रमेश खड्काले बताएका छन् ।

भन्सार स्तरोन्नती अघि सो नाकाबाट दैनिक उपभोग्य सामाग्री र कृषी सामाग्री सामाग्री आयात हुदै आएको थियो । तर अहिले भने सदरमुकाम तौलिहवा जोडिएको सो नाकाबाट थप सिमेन्टको क्लिङ्कर, डिओसी, फिड सप्लिमेन्ट, लत्ता कपडा र मेसिनरी सामाग्री आयत हुन थालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्