‘शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षक जिम्मेवार बन्नुपर्छ’



सैघाली खबर,
तुलसीपुर २८पुस ।

तुलसीपुर उपमहानगरपालिका स्तरीय बृहत शिक्षाशाला भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा बृहत शिक्षाशाला भएको हो । गुणस्तरीय शिक्षा बृद्धि गर्नका लागि शिक्षा शालाको आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बताए ।

शिक्षाशालामा शिक्षाबिद बिद्यानाथ कोईराला र धनन्जय शर्माले प्रशिक्षण दिएका थिए । तुलसीपुरका ८३ वटा बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीलगायतको सहभागी भएको शिक्षाशालामा शिक्षाबिद कोईरालाले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै जिम्मेवार बन्नु पर्ने वताए ।

गुणस्तरीय शिक्षाका लागि शिक्षकले प्रस्तुती परिपक्क हुनपर्ने वताएका थिए । बिद्यार्थीहरुलाई रटान भन्दा पनि बिद्यार्थीहरु आफैले पढाईमा रुची राख्ने क्रियाकलाप बिद्यालय र घरमा भएमा गुणस्तरीय शिक्षामा बृद्धि हुने वताए । उनले बिद्यार्थीहरुलाई बढि मात्रामा शिर्जनशिल बनाउनु पर्ने वताए । जब सम्म बिद्यार्थीहरु शिर्जृनशिल हुँदैनन्, तब सम्म बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि नहुँने उनको भनाई थियो ।

कार्यक्रममा अर्का शिक्षाबिद शर्माले शिक्षामा गुणस्तर बृद्धिका लागि बिद्यार्थीको भावना अनुसार शिक्षकले पठनपाठन गराउनुपर्ने वताएका थिए । कार्यक्रममा एमाले नेता शंकर पोख्रेलले गुणस्तरीय शिक्षाबृद्धि गर्न आफु प्रतिबद्ध रहेको वताएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालकाका मेयर घनश्याम पाण्डेले तुलसीपुरमा प्रबिधिमैत्री शिक्षा भित्र्याउने प्रतिबद्धता जनाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्