राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै, कुन कुन दलको दर्ता गर्न बाकी छत



सैघाली खबर,काठमाडौं,२८ पुस ।

राष्ट्रियसभा निर्वाचनका लागि १० वटा राजनीतिक दल मात्रै दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार बिहीबार रातिसम्म १० वटा दलले दल दर्ता गराएका हुन्। प्रमुख तीन दलमध्ये कांग्रेसले दल दर्ता गराइसके पनि एमाले र माओवादी केन्द्रले अहिलेसम्म दर्ता गराएका छैनन्।

शुक्रबार कार्यालय समयभित्र नाम दर्ता गराउने दलले मात्रै राष्ट्रियसभा चुनावमा भाग लिन पाउनेछन्ु, प्रवक्ता ढकालले भने। आयोगले पुस १४ गते सूचना निकाल्दै २०७४ असार मसान्तसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई राष्ट्रियसभा निर्वाचनका लागि आजसम्म दल दर्ताको आह्वान गरेको थियो।

राजपाले समानुपातिक उम्मेदवारको सूची सच्याएर शुक्रबार बुझाउने राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याएर शुक्रबार निर्वाचन आयोगमा बुझाउने भएको छ।

आयोगले समावेशिताको क्लस्टरु र क्रम संख्या नमिलेको भन्दै सच्याउन आग्रह गरेर पत्र पठाएको १२ औं दिनमा राजपाले सूची बुझाउन लागेको हो। यसअघि अन्य दलसँगै राजपालाई पनि आयोगले तीन दिनको समय दिएर पत्र पठाएको थियो तर उसले नसच्याइ जस्ताको तस्तै सूची पठाएपछि आयोगले अस्वीकार गरेको थियो।

आयोगले अर्को पत्र पठाएर क्रमसंख्या र समावेशिता मिलाएर नपठाए उम्मेदवारको परिणाम नै खाली पठाउने चेतावनी दिएपछि राजपा अध्यक्षमण्डलले सूची सच्याएको हो। नयाँ सूची शुक्रबार दिउँसो आयोगमा बुझाउने राजपाका महासचिव मनिषकुमार सुमनले जानकारी दिए। यसअघि पठाएको रामप्रवेश बैठा, लैला खातुन, पुनम यादव र विभा झाको नाम हटाएर नेत्रविक्रम शाह, रिनाकुमारी शाह, अल्का झा र डाक्टर रिना यादवको नाम समावेश गरिएको बताइएको छ। राजपा नेपालले प्रदेशसभाको समानुपातिकमा १२ सिट प्राप्त गरेको छ।thahakbr

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्