एमाले–माओवादी एकता अन्तिम चरणमा पुगेको दावी



सैघाली खबर,
काठमाडौं, २८ पुस ।–वाम गठबन्धनको संयुक्त कार्यदलको पहिलो बैठक शुक्रबार बसेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा राष्ट्रियसभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाकालगायतका विषयमा सामान्य छलफल मात्र भएको कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

कार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डे र शंकर पोख्रेल तथा माओवादी नेता वर्षमान पुन उपस्थित हुन नसकेपछि शुक्रबार थप छलफल अघि नबढेको उहाँले बताउनुभयो । बिहीबार आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गरेपछि कार्यदलको पहिलो बैठक शुक्रबार बसेको हो ।

कार्यदलले सहमति जुटाएका विषय एकता संयोजन समितिमा वुझाउने छ । पार्टी एकता प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको दावी गर्दै आएको वाम गठबन्धनले नयाँ सरकार गठनअघि नै पार्टी एकता प्रक्रिया टुंगोमा पुर्‍याउने तयारी गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको चुनाव, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणको लागि कार्यदल गठन गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्