नारायणपुरमा व्यापारिक, कृषि तथा पर्यटन महोत्सव हुने



सैघाली खबर,
नारायणपुर, २८ पुस

दाङको नारायणपुरमा महोत्सव हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा माघको १० देखी २१ गतेसम्म ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ हुने भएको हो ।

नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा हुने महोत्सव ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ भन्ने नाराका साथ महोत्सव हुने भएको हो ।

महोत्सवकालागि स्थानीय तह एवं जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर तयारी सुरु गरिएको नारायणपुर उद्योग वणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

धार्मीक स्थल, पर्यटकीय स्थलको पहिचान तथा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने, स्थानीय स्तरबाट उत्पादित कृषिजन्य वस्तुको विक्री वितरण एवं पबद्र्धन गर्ने लक्ष्य पनि रहेको उहाँले बताउनुभयो ।

यस्तै स्थानीय उत्पादनको बजारिकरण गरि कृषि, पशुपालन र पर्यटन व्यवसायलाई व्यवसायीकरण गर्दै यस क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने, स्थानिय भाषा, धर्म, साहित्य, कला, परम्परागत सीप एवं संस्कृतिको संरक्षण एवं पवद्र्धन गर्ने, यस क्षेत्रमा स्थापित प्राकृतिक, सांस्कृतिक तथा धार्मीक पर्यटकीय स्थलहरुको प्रचारप्रसार गने महोत्सवको उद्धेश्य रहेको छ ।

यस क्षेत्रबाट उत्पादित कृष्जिन्य सामाग्रीहरुको विषयमा उपभोक्ताहरुलाई जानकारी गराई बजारिकरणमा सहयोग पु¥याउने र व्यवसायिक चेतनाको अभिवृद्धि गरि गुणस्तरीय वस्तु उत्पादन र उपभोगमा सजगता ल्याउन ग्राहक र उत्पादनकर्ताको प्रत्यक्ष भेट गराउने उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, यशियार्क सबैभन्दा होची महिला हेर्न पाईने, घोडा सवारको व्यवस्था गरिने, योथ शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्रीहरुको व्यवस्था हुने संघका उद्योग उपाध्यक्ष अभियान बस्नेतले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० को वडा कार्यालयदेखी १ सय ५० मिटर दक्षीण पश्चीममा रहेको खाली जग्गामा सञ्चालन हुने महोत्सवकालागि मूलस समिति एवं उपसमितिहरु ग्ठन गरिएको छ । संंघका अध्यक्ष महेन्द्रकुमार दाहाल संयोजक रहेको मूल आयोजना समिति गठन गरिएको छ भने विभिन्न समिति एवं उपसमितिहरु गठन गरिएको छ ।

जसमा गोपालप्रसाद लम्साल संंयोजक रहेको आर्थिक समिति, बलदेव शर्मा संयोजक रहेको अतिथि सत्कार समिति, दानबहादुर बुढाथोकी संयोजक रहेको संघसंस्था समन्वय समिति, प्रकाशकुमार न्यौपाने संयोजक रहेको मुल्यांकन समिति र र दोर्णबहादुर केसी संयोजक रहेको अनुगमन समिति गठन गरिएको छ ।

यसैगरि अभियान बस्नेत संयोजक रहेको सांस्कृतिक, धार्मिक तथा पर्यटन उपसमिति, तिलकराम पौडेल संयोजक रहेको भौतिक निर्माण तथा मञ्च व्यव्थापन उपसमिति, दिपककुमार सुवेदी संयोजक रहेको प्रचारप्रसार उपसमिति, तिलबहादुर रोका संयोजक रहेको पार्किङ तथा सुरक्षा व्यवस्थापन उपसमिति, बसन्त न्यौपाने संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । यस्तै अनिलकुमार बस्नेत संयोजक रहेको शोभायात्रा व्यवस्थापन उपसमिति, अनत आचार्य संयोजक रहेको टिकट व्यवस्थापन उपसमिति, रेखा खनाल संयोजक रहेको खानेपानी व्यवस्थापन उपसमिति, धरमबहादुर केसी संयोजक रहेको प्राथमीक उपचार उपसमिति, धनेश्वर आचार्य संयोजक रहेको जग्गा व्यवस्थापन उपसमिति, मोहन न्यौपाने संयोजक रहेको सरसफाई उपसमिति, निमकुमार चौधरी संयोजक रहेको स्टल व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यसैगरि महोत्सवकालागि सल्लाहकार समिति गठन गरिएको छ । जसमा चित्रबहादुर डाँगी (निर्मल), कुलबहादुर लामीछाने, चन्द्रप्रसाद चौधरी, मानबहादुर बस्नेत, राजेन्द्र बुढा, दिपक पाण्डे, सुदन केसी, रमेश वली, चन्द्रबहादुर रावत, माधवप्रसाद पाण्डे, काशीराम खनाल, ज्ञानबहादुर बस्नेत, डिल्लीबहादुर वली, कुलप्रसाद रजौरे(श्रवण), भरतमणी खनाल, प्रेमबहादुर डाँगी र मानबहादुर बस्नेत लगायतका रहनुभएको संघका अध्यक्ष एवं महोत्सव आयोजम मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्