घटनाको सत्यतथ्य छानविनको माग



सैघाली खबर

दाङ, २९ पुस । लमही– ५ का लिप्सा भण्डारी र लिजा भण्डारीले शनिवार घोराहीमा पत्रकार सम्मेलन गरी घटनाको सत्यतथ्य छानविनको माग गरेका छन । यही पुस ४ गते छिमेकी किसन लम्सालका श्रीमती भगवता केसी ‘न्यौपाने’ले आफुहरुलाई नै कुटपिट गरी आघात पु¥याएको तर उल्टो आरोप आफुहरुलाई नै लगाईरहेकाले घटनाको सत्यतथ्य छानविन गरी प्रहरी हिरासतमा रहेको बाबु आमाको रिहाईको माग राख्दै घटनाको छानविनको माग गरेका छन ।

रोजी बड्स बालबाटिका विद्यालय वाट अध्ययन गरी घर फर्केने क्रममा बाटोमा थुकेको आधारमा भगवताले आफुहरुलाई कुटपिट गरेको र बाबा आमाले किन छोरी कुटपिट गरेको भन्न् जाँदा आफैले झगडा गरी आफै भुईमा लडी बाबा आमाले कुटेको आरोप लगाउदै बाबा आमा प्रहरी नियन्त्रणमा राखिरहेकाले बाबा आमाको रिहाईमो माग छोरीहरुले गरेका छन ।

बाबा नर वहादुर भण्डारी र आमा शिवा भण्डारी अहिले पनि कुनै छलफल नै नगरी प्रहरी नियन्त्रणमा रहेको उनीहरुले आफुहरुको परीक्षा समेत रोकिदिएकाले घटनाको छानविन गरी कार्वाहीको माग गरेका छन । पहुँचको भरमा आफुहरुले अनावश्यक दुख खेप्न परेको उल्लेख गर्दै आफुहरुले पढ्न पाउने अधिकार समेत उनीहरुले खोसेको बेला बेला धम्की समेत दिने गरेकोले न्यायोचित छानविनको माग गर्नुभएको छ ।

त्यस अबसुरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले घटनाको छानविन न्यायोचित हुनुनपर्ने पिडक सजाय र पिडित न्यायको वातावरणको सिर्जना गर्न सवैमा आग्रह गर्नुभएको छ । स्थानीय देवेन्द्रराज कार्कीको अध्यक्षता सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण डिल्लीराज शर्मालेगर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्