वाग्मती प्रदेश सरकारबाट विभेद विरुद्धकी अभियान्ता सरु सुनार संमानित




थाहा अनलाइन काठमाडौ , प्रदेश सरकार गठन भएको तेस्रो बार्सिकउत्सबको अबसरमा वाग्मती प्रदेश सरकारले सरु सुनारलाइ गत शुक्रबार भब्य कार्यक्रमका बिच संमान गरेको छ ।

बार्सिक उत्सबको अबसरमा प्रदेश भरिबाट विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्ती र संस्थाबाट ८ जनालाई पुस्कार तथा संमान गरिएको थियोे ।
” हिंसा तथा विभेद न्यूनीकरण ” क्षेत्रमा योगदान पुर्याएकोमा सरु सुनार प्रदेशबाट छनौटमा परेकी थिइन ।
प्रदेश भरिबाट सयौंले आबेदन फारम भरे पनि यो बर्ष सरु सुनारले यो पुरस्कार हात पार्न सफल भइन ।
नगद रु . पच्चिस हजार सहित प्रदेश ३ का मुख्य मन्त्री माननीय डोरमणी पौडेल प्रमुख सचिब डा. मान बहादुर बिके ले संमान पत्र , फुलमाला र खादा ओढाइ संमान गरेका थिए

लामो समय देखि जातीय बिभेद , छुवाछूत र हिंसा , बलात्कार विरुद्ध अनबरत रूपमा बोल्दै र गाउँ , गाउँमा न्यायको लागि पुग्ने सुनार 2019 मा N-peace international award समेत नेपालबाट जितेकी थिइनँ।

स्याङ्जाको चापाकोटमा जन्मेर जिबनको यात्रामा हजारौं चोट र ठक्कर खादै आफ्नो ब्यक्तिगत जीवन भन्दा समुदायका पीडा , अन्याय र दुखमा आफुलाइ समर्पित गर्दै अगाडी बढेकी सुनारले आफुले संमान पाइसकेपछी ” सामाजिक काम भनेको आफ्नो आत्मसन्तुष्टिको लागि गर्ने हो , संमान , प्रचारको मनोभावना लिइयो र सोचियो भने त्यो समाज सेवा नै होइन ” अरुको लागि काम गर्दा मुल्याङ्कन पनि अरुले नै गर्छन् त्यसैले बिसुद्द बिना स्वार्थको भावना राखियो भने सफल भइन्छ भन्दै संमान पाए पछि सामाजिक संजालमा आफुले पाएको संमान हजारौं आफुलाइ माया , साथ , सहयोग गर्नुहुने दाजुभाइ दिदिबहिनीको कारणले पाएको भन्दै वहाँलाई धन्यवाद दिएकी छिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्