मिनि म्याराथुन प्रतियोगिता



सैघाली खबर
दाङ, २९ पुस ।  घोराही । दिपशिखा आवसिय माध्यामिक विद्यालयले आफ्नो रजत जयन्तीको अबसरमा विद्यालय स्तरिय मिनि म्याराथुन प्रतियोगिता शनिवार सम्पन्न गरेका छ । यही माघ १० गते हुने २५ वार्षिक उत्सव तथा रजत जयन्तीको अबसरमा प्रतियोगिता सम्पन्न गरेको हो ।

जसमा दिपशिखा आवासिय माविमा कक्षा १२मा अध्ययनरत छात्र विवेक हमाल प्रथम,मावि डाँडाँगाँउ गोलीका स्टार घर्ती द्वतिय , चौघेरा माविका सतिस बहादुर पुन तृतिय र दिपशिखा माविका नारायण राणा मगर सान्त्वोना हुनुभएको छ ।

प्रतियोगितामा घोराही उपमहानगरपालिका माध्यामिक संस्थागत तथा समुदायिक विद्यालयका ५० वढि प्रतियोगीहरु सहभागि भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्