यसरी काठ्याङ्ग्रीदो रात विताउँदै बहिरा बालबालिका ?



दिपक बोहरा
दाङ,३० पुस


तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको टिनले छाएको एउटा घर । जहाँ जाडोको समयमा सितका थोपा कोठा भित्रै झर्छन् । गर्मि समयमा दिउसोको समयमा घामका चर्का चर्का किरणले पोल्ने गर्छन् । हो, त्यही घरमा बस्ने गर्छन्, समाजमा फरक क्षमता भएका सुस्त श्रवन बालबालिका । पुस माघको चिसो सिरेटो र चैत बैशाखको चर्को घाममा रात दिन कटाउनु पर्ने बाध्यता छ, सुस्त श्रवन बालबालिकामा ।

किनकी उनीहरुका लागि सुबिधा सम्पन्न , अपाङ्ग मैत्री भवन छैन् । राप्ती बहिरा संघले अहिले सोही भवनमा ७२ जना बालबालिकालाई पालन पोषण गर्दै आएको छ । तर भौतिक पुर्बाधार अभाब हुँदा ती बालबालिकाहरुलाई पुस माघको जाडोमा कठ्याङग्रिनु पर्ने वाध्यता छ । ‘त्यही छात्राबासमा बस्दै आएकी रुपा बिकले हातले संकेत गर्दै भनिन्‘ आज भोलीको जाडो, त्यसमा पनि छतबाट सितका थोपाहरु खस्छन् , रात दिन काट्न निकै कठिन छ ।’

२५ ÷ ३० जनाको क्षमता भएको उक्त कोठामा आबश्यकता भन्दा बढी बालबालिका राख्न ब्यबस्थापनमा समस्या देखिएको राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माले वताईन् । ‘क्षमता भन्दा बढी बालबालिका राख्न बाध्य भएका छौं’ उनले भनिन्‘ जसले गर्दा पनि हामीलाई व्यबस्थापन गर्न समस्या भएको छ ।’ सुबिधा सम्पन्न भवनको व्यबस्थापनका लागि अहिले आफुहरुले महोत्सब लगाउन लागिरहेको उनले वताईन् ।

ती बालबालिकालाई ४ वटा कोठामा ब्यबस्थापन गर्न निकै कठिन रहेको उनले वताईन् । सुस्तश्रवन भएका बालबालिकाहरु हातले संकेत गरेर कुराकानी गर्न भन्दै रातको समयमा पनि अनिबार्य बिद्युत हुनु पर्ने भएपनि बिद्युत नियमित नहुँदा उनीहरुलाई कुराकानी गर्न समेत समस्या हुने गरेको उनले वताईन् । जसले गर्दा रातको समयमा केही समस्या भएपछि समस्या राख्न सक्ने वातावरण नबनेको उनको भनाई छ ।

अहिले प्रत्येक बालबालिकालाई शिक्षा कार्यालयले मासिक चार हजार उपलब्ध गराउने गरेको उनले वताईन् । तर त्यो चार हजारले ती बालबालिकालाई खाना, बस्न, लाउन नपुग्ने उनले वताईन् । छात्रबृति पनि समयमा उपलब्ध नहुने गर्दा समस्या हुने गरेको उनको भनाई छ ।

ती बालबालिकाको पालन पोषणका लागि मासिक तीन लाख रुपैयाँ भन्दा बढी खर्च हुने गरेको उनको भनाई छ । २० हजार रुपैयाँ मासिक भाडा तिरेर बालबालिकाहरु पालन पोषण गरेको उनले वताईन् । ती बालबालिकालाई हेरचाह गर्न ५ जना कर्मचारी समेत राखिएको उनको भनाई छ ।

राज्यले प्रत्येक १० जना बालबालिकाको लागि १ स्रोत कक्षा दिनुपर्ने भएपनि अहिले ७२ जना बालबलिका हुँदा पनि दुई वटा मात्रै स्रोत कक्षा दिएको उनले बताईन् । जसले गर्दा ती बालबालिकाको पढाईमा पनि प्रभाबित भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्