लाष्ट होप डान्स कलाकेन्द्र संञ्चालन



जेष्ठ २७ , दाङ । ‘लागु औषध दुव्र्यसनी नगरौ , नगराऔ ’ भन्ने मुलमन्त्र लाई आत्मसाथ गर्दै शनिवार देखी दाङको घोराहीमा लाष्ट होप डान्स कला केन्द्रले संञ्चालनमा भएको छ ।dasc 1

कला क्षेत्रको विकास र युवाहरु लाई लागु औषध दुव्र्यसनी वाट जोगाउने , शान्त समृद्ध समाज निर्माण कला केन्द्रको उद्देश्य रहेका छ । कला केन्द्रका संञ्चालक किसन सैघाली अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन प्रमुख आतिथ्य एंव कलाकार द्वय कलम गाँउले र शारदा गिरीको विशिष्ट आतिथ्यतामा कलाकेन्द्रको उद्घाटन गरीएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रियासनले कला क्षेत्रमा दाङले पछिल्लो समय निकै फट्को मार्दै गईरहेकाले कलाकारिता हव वन्दै गईरहेको वताए । साथै युवाहरुको रोजाई क्षेत्र वन्दै गईरहेकाले कलाकारिता क्षेत्रले पनि सामाजिक सचेतनाको विकास फैलाउन सक्ने भएकाले लाष्ट होप कलाकेन्द्रले सामाजिक उत्तरदायित्वको पक्षमा समेत युवाहरु कलामा माध्इमले शशक्त वनाउन प्रयास गरेकाले धन्यावाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा कलाकेन्द्रका सल्लहाकार यादव सैघाली , प्रशिक्षक कमान घर्ति लगाएतकाले शुभकामना व्यक्त गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्