सिटी मोटर बाईकः विद्यार्थीले गुडाए,शिक्षकले ताली बजाए



गिरिराज नेपाली
दाङ, ३० पुस । सधै लेख्न–पढ्न र पढ्न – पढाउन माउन्ट भ्य इङलिस वोर्डिङ स्कूलका शिक्षक र विद्यार्थीहरु शनिवार नयाँ उत्साह उमङगमा देखिए । शिक्षकले पढाउदा दिएको ज्ञान र विज्ञानका कुराहरु लाई विद्यार्थीले विज्ञान प्रविधिकोे आविष्कारका रुपमा विकास गरी प्रर्दशनी गरे । किताव ज्ञानको कुराले विज्ञान प्रवि िआविष्कारहरुका निमाृण गरी प्रर्दशनी गर्दा विद्यार्थी आविष्कारक प्रविधि गुडाए , शिक्षकले विद्यार्थीहरुको सीप र क्षमताको कदर गर्दै ताली बजाए । माउन्ट भ्यु इलिङस बोर्डिङ स्कूलमा अध्ययन म्याक्स विसी र शंकर विकले स्थानीय उपकरणहरुको प्रयोग गरी सिटी मोटरसाईकल आविष्कार गरेका छन । विद्यालयको ३४ औं वार्षिक उत्सवका अबसरमा विद्यार्थी आविष्कारक मोटर साईकल सञ्चालन गरी वार्षिक उत्सवको उद्घाटन गरेका हुन ।

विज्ञान संकायमा कक्षा १२ मा अध्ययन यूवा आविष्कारहरुले विद्यालयमा सिकेका कुराहरु व्यवहारिकमा प्रयोगात्मक रुपमा परिक्षण गरेको उहाँहरुले बताउनुभयो । मोटरसाईकल आविष्कार म्याक्स विसीले भन्नुभयो– ‘ विज्ञान र प्रविधिको कुरा व्यवहारिक उपयोगितामा ल्याउने सानो प्रयास हो । ’ लगानी र अध्ययनको अवसर मिले ‘मेड इन नेपाल’ व्राण्डका मोटरहरुको उत्पादन गर्ने प परिकल्पना गरेका छौ । ’ सिकेका कुराहरु लाई प्रयोगात्मक विधिका रुपमा प्रयोग गर्दा प्रविधिको आविष्कार गरी दङगालीको आविष्कारका रुपमा चिनिने मौका मिलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अझै ज्ञान र सीप बढाउने मौका पाउने हो भने दाङमै आविष्कारहरुका रुपमा परिचित हुने उहाँको भनाई छ ।

त्यस्तै अर्का विद्यार्थी आविष्कारक शंकर विकले विद्यालयमा बुझेका र सिकेका सीप लाई सिटी मोटर बाईकको परिकल्पना गर्दै दाङको आविष्कारहरुका रुपमा देखिएको बताउनुभयो । बाल्यवस्था देखी नै प्रविधि निर्माण र उत्पादनमा खुवै चाख लाग्थ्यो । तर लगानीको समस्याका कारण सीप देखाउन सकेको थिएनन । अहिले १२ कक्षाको धोका पुरा भयो । मेड ईन स्कूलका नाममा पानीको मोटर प्रयोग गरी ४२ सिसिको सिटी मोटर बाईक उत्पादन गरी स्कूलको श्रय थप गरेका छौ । उहाँले भन्नुभयो– ‘ वैज्ञानिक रुपमा दाङ चिनाउने अझै ठूलो कल्पना छ । ’

त्यस्तै विद्यार्थीहरुले वढ्दो विद्युत संकट समाधानको समस्या समाधानका लागि ज्ञान वर्धक वायो विद्युत उत्पादन गरेका छन । ग्याँस , प्रेसर कुकर र अन्य सना उपकरणहरुको प्रयोग गरी कक्षा १२ मा अध्ययनरत बादल सुवेदी र मनोज भट्टराईले वायो विद्युतको प्रर्दशनी गरेका छन । उर्जा विकास तथा प्रर्वद्धनका आफुहरुले उक्त उपकरणको विकास गरेको उहाँको भनाई छ । कृषि आधुनिककरण , प्रदुषण नियन्त्रण , घरभान्सा सहयोगी उपकरण, विपत व्यवस्थापन, पानी शुद्धिकरण लगाएतका उपकरणहरुको प्रर्दशनी गरेको थिए ।

शिक्षा सुधारको आवश्यक ः मैनाली
जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले शिक्षण अध्यापनको प्रणाली सुधार अति आवश्यक रहेको बताउनुभयो छ । माउन्ट भ्यु इङलिस बोर्डिङ स्कूलको ३४वार्षिक उत्सव तथा विज्ञान प्रर्दशनी तथा विद्यालयले प्रकाशन गर्दै आईरहेका नव प्रभात पत्रिकाको विमोचन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका मैनाली सैद्धान्तिक शिक्षा आर्जनको पद्धतीलाई परिवर्तन गरी व्यवहारिक प्रयोगात्मक शिक्षण पद्धतीको विकास अति आवश्यक रहेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण कुमार शर्माको अध्यक्षता एंव जिल्ला शिक्षा अधिकारी रमेश मैनालीको प्रमुख आतिथ्यता तथा अग्रज साहित्यकार गिरिराज शर्माको विशिष्ट आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो । उक्त प्रमुख अतिथि मैनालीले प्रयोगात्मक शिक्षण विकासले विद्यार्थी सिर्जनशिलता र सीप विकास हुने भएकाले सैद्धान्तिक शिक्षा संगै प्रयोगात्मक शिक्षण विकास अवधारण निजी तथा सामुदायिकहरु सवै फेरिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार गिरिराज शर्मा, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यष नारायाण् भुषाल र गोरखा ग्रुपका अध्यष नवल जिएम लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका विद्यार्थी भावना पोख्रेलको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सर्जन गौतमले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्