आयाम बहुउद्देश्यीयलाई पछार्दै पत्रकार समूह बिजयी



टेकबहादुर पुन
दाङ । दाङको गढवामा आयाम बहुउद्देश्यीय सहकारी र पत्रकार बिच भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा पत्रकारको समूह बिजयी बनेको छ ।गढवा स्थित आयाम बहुउद्देश्यीय सहकारी सँस्थाको छैँठौ बार्षिक उत्सबको अबसरमा पत्रकार र आयोजक बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २/२ गोल हानेपछी खेल बराबरीमा टुङ्गिएको थियो । जसमा पहिलो गोल आयोजकका कप्तान तथा सँस्थाका अध्यक्ष ओम प्रकाश बसेल र सोम चौधरीले समान १/१ गोला प्रहार गरेका थिए ।

त्यस्तै जवाफीमा पत्रकार टिमका कप्तान शिबराज खनाल र शिबु खनालले पनि समान १/१ गोल प्रहार गरेपछी खेल बराबरीमा रोकिएको हो । बराबरी सँगै पेनाल्टीमा पत्रकार टिमले १-२ का बिरुद्द गोल हानेपछि उपाधी जितेको हो ।बिजयी पत्रकार समुहलाई शिल्ड, मेडल र मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्