सुन चाेर्ने दुई जना व्यक्ति पक्राउ



फागुन ११,कपिलवस्तु । कपिलवस्तु जिल्ला सदरमुकाम कपिलवस्तु नगरपालिका वार्ड नं.१ शिवलय चोक बजार स्थितमा नित्यानन्द बर्माले संचालन गरेको नित्यानन्द ज्वेलर्समा बाट शुद्धोधन गाउँपालिका वार्ड नं.६ कर्मा बस्ने २७ बर्ष को हविव खान र २० बर्षको उमेश मल्लाहले सुनको सिक्री तथा औठी देखाउन भनि थान ३ सुनको औठी (८१.६ लाल) अंदाजी मुल्य रु ७३,०००।– (त्रिहत्तर हजार) बराबरको औठी चोरी गरेको फरार भएका थिए ।

प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा १० जनाको टोलि खटि निजहरुलाई लु ४१ प ३१०२ नंम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरि चोरी भएको सुनको औठी थान-३ र चोरीमा प्रयोग भएको मोटरसाइकल बरामद गरि आवश्यक अनुसन्धानको लागि यस कार्यालयमा ल्याई निजहरु लाइ चोरी मुद्धामा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्