फेरिदो माघी



 

गिरिराज नेपाली
दाङ, २ माघ । माघे संक्रान्ती अर्थात माघी थारु र मगर समुदायको मुख्य पर्व हो । माघी नेपालका तराई क्षेत्रमा बसोवास गर्ने थारु र पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने खामभाषीका मगरजातीहरुले ठूलो पर्वकै रुपमा मनाउदै आईरहेको पाईन्छ । परम्परागत रुपमा माघी अर्थात माघे संक्रान्ती मनाउने प्रचलन थारु र मगर समुदायमा चल्दै आईरहे पनि माघीको मौलिकता भने फेरिदै आईरहेका छ ।

थारु जातीहरुले माघी लाई नयाँ वर्ष, मुक्ती, सवैको मुख हेर्ने दिन र खाने–नाँच्ने दिनका मनाउने गर्छन । भने मगर जातीहरुले यसलाई तिहार पर्वका रुपमा मनाउने गर्दछ । मगरहरु समुदायमा आजको अर्थात माघेसंक्रान्तीमा विहे भएका चेलीहरु माइत ल्याउने दिदि भाई टिका लगाउने दान दक्षिणा चेलीहरुको कोसेली देवीदेवता चढाउने गरिन्छ । तर पछिल्लो समयम माघे संक्रान्तीको परम्परागत मौलिकता फेरिदै गएको छ ।

दाङका थारु अगुवा चन्द्रप्रसाद चौधरीले थारु जातीमा माघी परम्परा चल्दै आईरहे पनि माघीको मौलिकता, धार्मिकता र माघीको पर्वको इतिहासलाई बिर्सदै आईरहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘ पर्वका नाममा भएका विकृतिहरु हट्दै गईरहेपनि मौलिकतामा ति विकृति संगै हराउदै गईरहेका छन । ’ माघी पर्वका अबसरमा नाँचिने मघौटा नाच गानको मौलिकता र थारुका घरमा पाक्ने परिकारहरु पनि फेरिदै आईरहेको उहाँले बताउनुभयो । पर्वका नाममा थारुहरुका घरमा पाक्ने जाँड रक्सीहरु फेर्न जरुरी छन नै , तर अन्य लोकल परिकारहरु ढिक्क्री जस्ता महत्वपूर्ण परिकारहरु मिसावट रुपमा पाक्दै आईरहेको उहाँको भनाई छ ।
थारु र माघीको सम्वन्ध पर्वमा मात्रै होईन , धार्मिकता संग पनि जोडिएको छ । अहिले ति पर्वमा थारु समुदायमा धार्मिकता पनि भेटिदैन । थारु दै– देवता संग नाचगान र गीतहरु हराइ सके । पश्चिमेली संस्कृतिको हावी नै थारु मौलिकता धार्मिकता सस्कृतिहरु ह्रासको उपज रहेको उहाँ बताउनुहुन्छ ।

संस्कृत विद डा. गोविन्द आचार्य भन्नुहुन्छ थारु र मगर जातीहरुले परम्परागत रुपमा माघी पर्व मनाउदै आईरहे पनि पछिल्लो समय थारु र मगर भित्र माघीको मौलिकता हराउदै जान थालेको बताउनुहुन्छ । माघी पर्वको परम्परा जोगाउदै आईरहे पनि मौलिकता हराउदै गईरहेको उहाँको भनाई छ । मगर चेली माईतीको सम्वन्ध हराउन थालेको छ । थारुहरु नाचगान मात्रै भेटिन्छ । अन्य परम्पराहरु हराएका छन । कतै– कतै पुराना मान्छे र गाउँमा मात्रै ति भेटिन्छ । मगरहरुको सवालमा बसाई सराई , थारुहरु जातीहरुको सवालमा पश्चिमली सस्कृतिको हावीले माघीको मौलिकता फेरिदै गईरहेको छ । भने यि संस्कृति परम्पराहरु पुस्तान्तरण हुन नसक्दा पनि लोप हुने अवस्थमा पुगेको उहाँको भनाई छ ।
मगरहरुले वराह देवताको पुजाआज गरी माघी मनाउने चलन छ । तर त्यो चलन पनि घटदै गईरहेको छ । रोल्पाको जलजला संग जोडिएको वराह देवताको किमदन्तीहरु अहिले हराएको छ । जो संगै मगरहरु धार्मिक पहिचान पनि मेटिदै गईरहेको उहाँको भनाई छ । वाह्र भाई देवता अर्थात वराह कान्छा कैलु वराह वाह्रकुने आई बसोवास गरेको वाह्रकुने दलमा विशेष पुजाआजा सहित मेला लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘वाह्रकुने मगर कैलु वराहकै आस्थामा रही भेडा चढाउने र पुजा गर्ने चलन चल्दै गर्दा माघीमा अन्यजातीहरुले पुजा गर्ने परम्परा बसेको हो ।’ भने सोचेको मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ वाह्रकुनेमा पुजा गर्ने चलन रहदै आइरहेको छ ।

माघ अर्थात माघेसंक्रान्ती दिन आज दाङको वाह्रकुने दह र देउखुरीको रिहारमा पुजाआजा सहित ठूलो मेला लाग्ने गर्दछ । कैलु वराह बसोबास गरेको थलोको रुपमा वाह्रकुने दहमा मेला लाग्छ भने देउखुरीको रिहारमा थारुको देवता बगार बाबाको मन्दिर रहेकाले आजकै दिन थारु , मगर तथा अन्य जातजातीहरु न्दि तलाउ स्नान गरी पुजाआजा सहित गरी दर्शन गर्ने गर्दछन ।

बाह्रकुनेको आकर्षण सल्यानी सुन्तला र बदम
बाह्रकुने दह मेलाको मुख्य आकर्षण नै सल्यानी सुन्तला र बदाम मुख्य आकर्षण बन्ने गरेको छ । प्राचिनकाल देखि नै सल्यानी सुन्ताल र बदाम दाङको लोकप्रियता बाह्रकुने मेला नै बनाउने गरेको छ ।

सल्यानी सुन्तला र बदामले बाह्रकुने दह मेलालाई आकर्षण रमणिय भरिभराउ बनाउदै आईरहेको वराह क्षेत्र संरक्षण तथा प्रर्वद्धन समितिका सचवि भिम वहादुर केसीले बताउनुभयो । वर्षेनी सुल्यानी किसान र व्यापारी सुन्ताल र बदाम बोकेर पुस मसान्तमा मन्दिर प्रवेश गर्ने गर्दा मेलाको रौनकता बढाउने गरेको केसीले भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्