ब्राउनसुगर सहित पक्राउ परेकी तुलसा सङ्ग मेरो नाता सम्बन्ध छैन- पोख्रेल



आइतवार तुलसिपुर बाट लागू औषध ब्राउनसुगर सहित पक्राउ परेकी तुलसा पोख्रेल नाम दिइएकी महिला सङ्ग आफ्नो नाता समबन्ध नरहेको कुरा मदन पोख्रेल ले जानकारी गराउनु भएको छ! उच्च अदालत सुर्खेत को जुम्ला इजलास का न्यायधिश समेत

रहेका पोख्रेल ले संचार माध्यममा आफ्नो नाम तुलसा को पतीको रुपमा जोडिएर आएको प्रती दुख प्रकट गर्नु भएको छ! तुलसा मेरो श्रीमती थिइन तर २०७३ सालमा उनको र मेरो बिच अंश सहित सम्बन्ध बिच्छेद भइ सकेकाले हाल तुलसा मेरी श्रीमती होइनन पोख्रेल ले भन्नू भयो! रास्ट्रको चौथो अंगमा रहेको संचार क्षेत्र

लाई आफुले सदैव सम्मान गर्ने गरेको र संचारकर्मी ले वास्तविक बुझेर समाचार सम्प्रेसन गर्नु पर्ने उहाँले बताउनु भयो! तुलसाको म सङ्ग कानुनन पति पत्नीको सम्बन्ध नरहेको अवश्थामा उनलाई मेरो थर पोख्रेल भनेर भन्न पनि मिल्दैन उहाँले अगाडि भन्नू भयो! तुलसा तुलसिपुरको रतननाथ टोल बाट २ ग्राम २६ मिलीग्राम

लागू औषध ब्राउनसुगर सहित आइतवार पक्राउ परेकी हुन! उनलाइ जिल्ला प्रहरी कार्यालय दाङ्ग र इलाका प्रहरी कार्यालय तुलसिपुरको सयुँक्त टोलीले उनकै घर बाट पक्राउ गरेको हो! प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित तुलसा पक्राउ परेकी छिन थप अनुसन्धान भइ रहेको छ इप्रका तुलसिपुरका प्रवक्ता झलक शर्मा ले राप्ती पहिचानलाइ बताउनु भयो!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्