उदास मुहार, नगद पाउँदा हँसिलो लमही-७ का बृद्दबृद्दा सम्मानित



टेकबहादुर पुन, दाङ । बुढ्यौली उमेर, गरिव छ जिन्दगी, न काम गर्ने ताकत छ नत कसैको भरोसा नै । उमेर पाक्दै जाँदा समाज तथा परिवारबाट तिरस्कृत भईरहेको उदाहरण थुप्रै छन् । डाँडा पारीका घाम भएपनि मनका ईच्छा आकांछ्या भने यथावत छन् । उनका लागि सरकारले दिने बृद्द भत्ता दुई चार हजार त हो, त्यतीले मात्रै सबै आबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुंदो हो ।

 

तिनै बृद्दबृद्दा दाङको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा बुधवार एकैचोटी भेला भए । सबैले एक अर्काको अनुहार हेर्दै दुख सुख साट्ने अबसर पाए । हुन त सबैका सँघर्षका जीवन सकिनै आँटेका छन । केही गर्छु भन्दापनी उमेरले नेटो काटिसक्यो । अबको जिउने आधार छोराछोरीको भरोसा न हो । तिनै बृद्दबृद्दाको लागि अर्को छोराछोरी बनेर जन्मियो लमही-७ नम्बर वडा कार्यालय । वडा कार्यालयले बुधबार वडा अन्तरगतका १ सय ३५ जना बृद्दबृद्दा हरुलाई फलफुल, प्रमाणपत्र सहित दोसल्ला ओडाउँदै नगदले सम्मान गरेको छ । वडा कार्यालयको ४ लाख रुपैयाँ खर्च गरेर प्रतिब्यक्ती १ हजार ८ सय ३५ रुपैया नगद हस्तान्तरण गर्दै सम्मान गरिएको हो ।

 

फलफुल प्रमाणपत्र सहित नगद नै पाएपछि बृद्दबृद्दा हरुको उदास मुहार चमकले भरियो । हसनापुर निवासी ७६ बर्षिय शिवनारायण चौधरीले प्रत्यक साल फरक फरक कार्यक्रम गरि आफुहरुलाई सम्मान गरेकोमा खुसी ब्यक्त गरे । “पहिले सिरक डसना पाईन्थ्यो अहिले त नगद सहित अनेक थरी पो पाईयो चौधरीले भने-आबस्यक्ता सम्झिएर नगद प्रदान गर्ने वडाध्यक्षलाई धेरै धेरै धन्याबाद छ ।” लमही-७ मा जनप्रतिनिधि बनेर मोहन गिरी आईसकेपछी वडाका बिकाश सँगसँगै जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता ब्यक्तित्व, दलित तथा पिछडिएका बर्गहरुलाई विभिन्न कार्यक्रम गरि सम्मान गरिँदै आईरहेको छ । गत बर्ष समय सापक्ष तातो सिरक डसनाले सम्मान गरिएको थियो भने अहिले आबस्यक्ता पुर्तिका लागि नगद हस्तान्तरण गरि सम्मान गरिएको हो ।

 

वडाध्यक्ष मोहन गिरीले बृद्द आमा बुवालाई नगद हस्तान्तरण गर्दै ज्येष्ठता, उमेरको अङ्कगणित मात्र नभएर अनुभवको ज्यामिति भएकाले सबैले सम्मान गर्नुपर्ने बताए । मानिस प्राणीका रूपमा जन्मन्छ र मर्दा मानिस हुन्छ । उनिहरुले यसक्रममा सामाजिकीकरणका विविध यात्रा तय गरेका हुन्छन् वडाध्यक्ष गिरीले भने-ज्येष्ठ नागरिक त्यसैले अनुभवका खानी हुन् । बृद्द आमा बुवाकै कारण आफू यस स्थानमा रहेको स्मरण गर्दै अध्यक्ष गिरीले बृद्द आमाबुवाको रोगसँग लड्न सक्ने क्षेमता अभिबृद्दी गर्न फलफुल बितरण गरेको बताए । समाज सहित परिवारकै तिरस्कृतको सिकार बनिरहेका बृद्द आमाबुवालाई सम्मान गर्नुपर्ने धारणा श्रृजना गर्न प्रमाणपत्र सहित नगदले सम्मान गरिएको उनले बताए । “हाम्रा आमाबुवा लाई बाहिरकाले सम्मान गरे, त्यसको खिलाप झन हामिले गर्नुपर्छ भन्ने पर्नसक्छ गिरिले भने-यही सन्देश छोराछोरी सम्म प्रबाहका लागी सम्मान गरेका हौँ ।”

 

वडा अध्यक्ष मोहन गिरिको अध्यक्षतामा कार्यक्रम भएको हो । वडा सदस्य तथा कार्यपालिका सदश्य राधा केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिब शेर बहादुर चौधरीले गरेका थिए । बाँकि रहेका बृद्द आमा बुवालाई सम्मान सामाग्री सहित घरघरमै गएर सम्मान गरिने वडा कार्यालयले बताएको छ ।

 

कार्यक्रममा कोरोना महामारीका समयमा राहात प्रदानका लागि नगद सहयोग गर्ने ब्यक्ति तथा संघसँस्था हरुलाई प्रमान पत्र सहित दोसल्ला तथा फुलमालाले सम्मान गरिएको थियो । सम्मानित हुनेमा क्रमश ६० हजार, ५५ हजार, ५१ हजार राहात स्वुरुप नगद हस्तान्तरण गर्ने कर्रि सामुदायिक बन बनघुस्री, नवशान्ती सामुदायिक बन हसनापुर र स्वर्गद्वारी हरियाली सामुदायिक बन बन्गै सम्मानित भएका हुन । त्यस्तै क्रमश १३ हजार ३ सय ५५, २ हजार ६ सय ६५ रुपैया सहयोग गर्ने भिम बहादुर पुन र पार्बती बुढा मगरलाई पनि सम्मान गरिएको हो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्