एकीकृत पाठ्यक्रमका लागि शिक्षकलाई तालिम



हापुरे, २१ फागुन । बबई गाउँपालिकामा कक्षा १ मा लागुभएको नयाँ पाठ्यक्रमका बिषयमा शिक्षकलाई तालिम दिन सुरु गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तालिम सुरु भएको हो ।

शिक्षकलाई नयाँ पाठ्यक्रमको एकीकृत स्वरुप, पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकहरुलाई तालिम दिन सुरु गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा कक्षा १ देखि ३ सम्मका बिद्यार्थीको शिक्षा सुधारका लागि तालिम दिन सुरु गरिएको हो ।

शाखा प्रमुख मोहनलाल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले शैक्षिक सुधारका लागि साना बालबालिकाको पढाईमा ध्यान दिन आग्रह गर्नुभयो । बबई गाउँपालिकामा शिक्षाको सुधारका लागि प्रयास निकै भएको भन्दै त्यसमा शिक्षक, अभिभावक र बिद्यार्थीको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, शिक्षा शाखाका रामचन्द्र वलीले बोल्नुभएको थियो । बबई गाउँपालिकाका रहेका प्राथमिक तहका शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण जनता माबि हंसपुरका प्रधानाध्यापक मोहनकुमार दाहालले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्