यशोधारा गाँउपालिकाका विद्यालयहरुमा प्रहरी साझेदारी कार्यक्रमको नयाँ पाठ्यक्रम शुरु



कपिलबस्तु फागुन २२
यशोधरा गाँउपालिकाका विद्यालयहरुमा विद्यालय प्रहरी साझेदारी कार्यक्रमको नयाँ पाठ्यक्रम शुरु भएको छ । विद्यालय स्तरमा हुने हिंसा, दुव्र्यवहार र अपराधका गतिविधि रोकथाममा कपिलवस्तु प्रहरीले विद्यालय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नयाँ पाठ्यक्रम तयार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विद्यालय प्रहरी साझेदारीको उद्धेश्यका साथ विद्यालयका विद्यार्थी लक्षित पाठ्यक्रम तयार पारेको हो । जिल्ला भरीनै लागुहुने गरी पहिलो पटक शुरु गरिएको उक्त कार्यक्रम अन्तरगत तयार पारिएको पाठ्यक्रम यशोधारा गाँउपालिकामा रहेका ४४वटा विद्यालयका प्रद्यानाध्यापकहरुलाई वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारी र सम्वन्धित विद्यालयका प्रद्यानाध्यापक बिच पाठ्यक्रम लागु गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

तयार पारिएको पाठ्यक्रममा लागु औषध दुव्र्यसनी, धुम्रपान, मद्यपान र मादक पदार्थ सेवन, साईबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बाल विवाह, दाईजो प्रथा, बाल बालिका बिरुद्ध हुने अपराधहरु र लैगिंक हिंसाको प्रतिबादका बिषय समेटिएको छ ।

पछिल्लो समय विद्यालयका किशोर किशोरी नै विभिन्न हिंसा र कुलतमा परेकाले समाजमा अपराध न्युनिकरण गर्ने उद्देश्यका साथमा विद्यालयका लागी उपयोगी पाठ्यक्रम निर्माण गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी चक्रपाडी पाण्डेले कार्यक्रम नयाँ भएकाले विद्यालयमा राम्रो प्रभाव पर्ने बताउदै विद्यार्थीलाई नैतिक शिक्षा दिन जरुरी भएकोे र बालबालिकाहरु धेरै कुलतमा लागेकाले उहाहरुको संरक्षणमा अभिभावक, शिक्षक र सरोकारवाला चनाखो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा यशोधरा गाँउपालिका का अध्यक्ष गृजेश पाण्डेय, उपाध्यक्ष कन्यावती उपाध्याय ,सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवी प्रसाद बर्मा,विभिन्न वडाका वडाध्यक्षहरु लगायतले प्रहरीले तयार पारेको पाठ्यक्रम सामाग्रीले विद्यार्थीलाई प्रबिधीको प्रयोग संगै अन्य कारणबाट हुने अपराध, लागु पदार्थको दुव्र्यसनी र अन्य सामाजिक अपराधबारे समयमै सचेत गराउन सकिने बातावरण बन्ने बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्