दैलेख मृत्यु प्रकरण : आमा र छोराको शव फेला, एक जना अझैं बेपत्ता



काठमाडाैं । चार सन्तान सिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार दिउँसो करिब १२ बजेतिर सुकी र उनका ८ बर्षीय छोरा ललित बडुवालको शव पानीमुनी भेटिएको प्रहरीले जनाएको छ।

सोमबार साँझ दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको स्थान आसपासमै उनीहरुको शव भेटिएको दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले  जानकारी दिए । ५ वर्षीया छोरी रजनी बडुवालको अबस्था अझै अज्ञात छ । उनको खोजी कार्य जारी छ,’ उनले भने । आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराका अनुसार वेपत्ता सुकु आइतबार दिउँसो ४ बजेतिर घाँस काट्न भनी आफ्ना ४ जना सन्तानसहित निस्किएकी थिइन् ।

उपप्रमुख बोहोराका अनुसार उनका श्रीमान् दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने गर्थे । झैझगडा र कुटपिटबाट आजित भएर उनले सन्तानसहित कर्णालीमा हाम फालेको हुनसक्ने उपप्रमुख बोहोराले बताइन् । घटनाबारे थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी वसन्त कुमार पन्तसहितको टोली घटनास्थलमा पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्