दाङमा दन्किदै आगो



गिरिराज नेपाली
दाङ, ५ माघ । प्रादेशिक राजधानीको अस्थायी मुकाम रुपन्देहीमा तोकिएको विरोधमा मंगलवार देखी शुरु भएको आन्दोलन अझै चर्किदै गईरहेको छ । चौथो दिन शुक्रवार पनि दाङको आन्दोलनका अझै पेचिलो बनेको छ । 

तेस्रो दिन सम्म ठप्प बनेका दाङ यातायात ,व्यापार व्यवसायी, शिक्षण सस्था कलकराखाना संगै चौथोदिन हिजो शुक्रवार जिल्लाका सरकारी कार्यालयहरु पनि बन्द भए । बन्दकर्ताहरुको जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, घोराही उपमहानगरपालिका , दाङ देउखुरी जिल्ला अदालत, जिल्ला कृषि विकास कार्यालय , विद्युत प्राधिकरण घोराही लगाएका अन्य सरकारी कार्यालयहरु बन्द गराई जिल्लाको प्रशासनिक काम समेत ठप्प पारेका छन ।

आन्दोलनरथ संयुक्त संघर्ष समिति दाङले विहिवार आफ्ना आन्दोलनका कार्यक्रम सार्वजानिक गर्दै शुक्रवार देखी जिल्लाका सम्पूर्ण कार्यालयहरु बन्द घोषणा गरेको थियो । तर सरकारी कार्यालयहरु शुक्रवार खुले पनि संघर्ष समितिको नेतृत्वमा बन्दकर्ताहरु जिल्ला प्रशासनका कार्यालय वाट सरकारी कार्यालय बन्द गराउदै सरकारी कार्यालयका कामकाज रोकेका थिए ।

जसका कारण दाङ बन्द अझ पेचिलो बनेको थियो । बन्द लाई समर्थन गर्दै निजामति कर्मचारी आन्दोलनमा समेत सहभागी भएको संघर्ष समितिले जनाएको छ । तर सरकारी कार्यालयहरु प्रहरीहरुले कार्यालय परिसरमा सुरक्षाकर्मि परिचालन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले आन्दोलनकारीहरु कार्यालय बन्द गराउन खोजे पनि सुरक्षाकर्मिको व्यवस्थापन गरी कार्यालयका कामकाज सुचारु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘बन्दले सरकारी कामकाजमा कुनै असर गरेको छैन । ’ अगामीमा नियमित कार्यालय सञ्चालन गर्ने छौं ।

आन्दोलन जारी
मंगलवार देखी शुरु भएको दाङको आन्दोलन अझै जारी रहने संयुक्त संघर्ष समिति दाङले जनाएको छ । सरकारले अस्थायी मुकामको राजधानी निर्णय नसच्याउदा सम्म दाङको आन्दोलन अझै तिव्रता साथ चर्किने समितिले जनाएको छ । आन्दोलनको नियमति कार्यक्रम जारी राख्दै समितिले आज शनिवार दिउसो १२ वजे लमही वृहत जनप्रर्दशन समिति राजमार्ग केन्द्रित आन्दोलन अझै शशक्त बनाउने जनाएको छ । आन्दोलनको नेतृत्व लिएका दाङका सम्पूर्ण राजनितिक दल आवद्ध संघर्ष समितिले सरकारी निर्णय नफेरिदा सम्म दाङको आन्दोलन कुनै पनि हालमा नरोकिने जनाएका छन । भने शुक्रवार राती देखी रात्रीकालिन यातायातको सेवा समेत ठप्प पारिएको थियो ।
पुत्ला दहन नगर्न समितिको आग्रह
दाङ बन्दको नेतृत्व गरेको संयुक्त संघर्ष समिति अर्थात आन्दोलनमा सहभागी दलहरुले आन्दोलनको नाममा कुनै पनि नेताको पुत्ला दहन नगर्न जिल्लाका सम्पूर्ण कार्यकर्ता तथा सर्वसाधरणहरु लाई अनुरोध गरेको छ । सरकारले गरेको अराजक, अलोकतान्त्रिक निर्णय प्रति मात्रै प्रदेश न. पाँचका पश्चिम वासीहरुको आपत्ती रहेकाले कुनै पार्टीका नेता तथा कार्यकर्ताहरु अफशव्द प्रयोग गरी गालीगलोच र अमान्य क्रियाकलाप नगर्न समितिले आग्रह गरेको छ । यो निर्णय कुनै व्यक्तिले नभई सरकारले गरेकाले सरकार लाई सुसभ्य तरिकाले आलोचनात्मक टिप्पणी गर्दै निर्णय सच्याउन नैतिक दवाव दिन समितिले सवैमा आग्रह गरेको छ । साथै घोराहीमा शुक्रवार गरिएको पुत्ला दहन प्रति पनि समितिले सार्वजानिक रुपमा आलोचना गरेको छ ।

मधेस केन्द्रित राजधानी ः दलहरु
दाङका सम्पूर्ण राजधानी दलहरुले सरकारले भारतिय डिजाईमा मधेस केन्द्रित राजधानी मुकाम तोकेको आरोप लगाएका छन । शुक्रवार दाङको घोराहीमा भएको जनप्रर्दनलाई सम्वोधन गर्दै मधेसवादी र भारतपरस्थ केन्द्रित रहदै रुपन्देही सहित चार प्रदेशको राजधानी मधेसमा थुपारेको दलहरुको भनाई छ । कोणसभा लाई सम्वोधन गर्दै नेकपमा एमाले अध्यक्ष तथा संघर्ष समितिका संयोजक टिकाराम खडकाले भारतकै खेलमा प्रदेश नं ५ सहित १, २, ३ , र ७ नम्वर प्रदेशको राजधानी तराई मधेसमा राखिएको बताउनुभयो । जसका कारण राजधानीहरु सुरक्षाको हिसाव अति संवेदनशिल रहेको उहाँले टिप्पणाी गर्दै यो निर्णय लाई तुरुन्तै सच्याउदै राष्ट्रहितका लागि काम गर्न सरकार लाई आग्रह गर्नुभयो ।

त्यस्तै नेपाली काँग्रेस दाङका उपसभापति एंव संघर्ष समितिका उपसंयोजक कमान सिंह भारतीले यो विरोध पार्टी विरुद्ध नभई सरकार विरुद्ध रहेकाले सवैमा आन्दोलनमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘ सरकार असुरक्षित ठाँउको राजधानी हामीलाई चाहिदैन । सुरक्षित स्थानमा राख । ’ निर्णय फेरेर देश र जनता माथि न्याय देउ ।

त्यस्तै नेकपा माओवादी केन्द्र सचिवालय सदस्य निर्मल आचार्यले दाङ आफैमा सुरक्षित जिल्ला हो । तर सरकारले भारतकै खेलमा जनता लार्इ जालेझेल गरी राजधानी भारतको सिमामा राखेको त्यो हामीलाई मान्ने हुने छैन । राजधानी दाङमै राजधानी तोकिनु पर्छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्