राष्ट्रिय फुटबलको उपाधी पुलिस क्लवलाई



गिरिराज नेपाली
दाङ, ६ माघ । यही माघ ३ गते मंगलवार देखी शुरु भएको दाङमा जारी राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २८ आंै पुरुष फुटबल छनौट प्रतियोगिता शनिवार सम्पन्न भएको छ । छनौट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले हात पारेको छ ।

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्बल विच भएको अन्तिम खेलमा नेपाल पुलिस क्बले जित हात पारेको हो । शनिवार घोराहीको भरतपुर खेलमैदानमा भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबका जेर्सी १४ का खेलाडी निर कुमार राईले निर्णयक गोल हान्दै पुलिस क्लब प्रथम भएको थियो । भने त्रिभुवन आर्मी दोस्रो स्थान हात पारेको थियो ।

पेलान्टी शुट आउट मार्फत नेपाल पुलिस क्लवका सुमन लामा, बुद्ध लामा, तेज तामाङ, दिनेश राजवंशी र निर कुमार राईले एक÷एक गोल हानेका थिए । भने भित्रुवन आर्मी क्लबका जजाप्रिन्स कार्की, हरिण्य मगर, विवेक बस्नेत र रुपेश केसीले एक÷ एक गोल हानेका थिए । भने आर्मी क्लबका राजिब गुरुङले गोल हान्न सकेनन । लगातारको खेलमा दुवै टोलीले गोल गर्न सकेनन पेलान्टी शुट आउट बाटै खेलको हारजित भएको थियो ।

त्यस्तै छनोट प्रतियोगिताको तेस्रो स्थान एपीएफ क्लबले विजयी भएको छ । शनिवार विहान भएको अन्तिम खेलमा सुदुरपश्चिम ३ विरुद्ध ४ गोल फर्काउदै एपीएफ तेस्रो स्थानमा पर्न सफल भएको हो ।

उपिएफका महेश लामाले खेल शुरु भएको ५५ मिनेटमा एक गोल हानेका थिए भने , आशिष लामाले ८८ मिनेटमा अर्काे एक गोल थप्नुभएको थियो । त्यस्तै सुदुरपश्चिमकाम मणिराम चौधरीले पनि खेल शुरु भएको ३३ मिनेटमा एक गोल र ६६ मिनेटमा अर्काे एक गोल थप गरी दुई खेल बराबरीमा झार्नु भएको थियो ।

 

 

 

 

 

 

 

तर एपीएफले पेलान्टी शुट आउट मार्फत दुई र सुदुर पश्चिमले १ गोल मात्रै थप्न सफल भएको थियो । अखिल नेपाल फुटबल संघ ‘एन्फा ’को आयोजना र फुटबल संघ दाङको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्