सुनसरीमा ४० हजार घुस रकम सहित एकजना प्रहरी जवान पक्राउ



काठमाडौं सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो ।

४० हजार घुस रकम सहित उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए । ईप्रका सितागञ्जमा परेको उजुरी ‘मिलाइदिन्छु’ भनेर उनले सेवाग्राहीसँग घुस मागेका थिए । मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज नजिकैबाट आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । घुस प्रकरणबारे आयोगले अनसन्धान गरिरहेको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्