बुटवलमा थप तीन जना कोरोना संक्रमितको मृत्यु



३० चैत,रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।

अर्घाखाँचीको मालारानी गाउँपालिका –५ निवासी ७९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । चैत २७ गते अस्पताल भर्ना भएकी उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

त्यसै चैत २७ गते नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको कपिलवस्तुको वाँणगङ्गा नगरपालिका–३ निवासी ७१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी गौतमले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्