बर्दियामा ९४ हजार मूल्य बराबरको अवैध सामान बरामद



काठमाडाैं । कालीका चौकी प्रहरी कार्यालय बर्दियाबाट खटिएको गस्ती टोलीले अवैध सामान बरामद गरेको छ। बढैयाताल गाउँपालिका ८ रिहारस्थित भारतबाट भन्सार छली वेवारिसे अवस्थामा राखिएका सामान बरामद गरेको हो।

बरामद गरिएका सामानहरुमा २ थान थर्मल लेमिनेशन पाउचहरू, थर्मल फोटो प्रिन्टर १ थान, डिजिटल प्लस ४ थान, ४-epson 664- ६ थान गरी जम्मा ९३ हजार ५ सय २२ रुपियाँ मूल्य बराबरको सामान बरामद गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्