गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु



चैत ३१, गुल्मी । गुल्मीको मदाने गाउँपालिका-३ सिर्सेनीमा दुई बालकको खोलामा डुबेर मृत्यु भएको छ । बालकहरुको नुहाउने क्रममा डुबेर ज्यान गएको जनाइएको छ । प्रहरीका अनुसार गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा दुईमदाने गाउँपालिका-१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका-५ खुँगका ८ बर्षका गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।

बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर उनीहरूको ज्यान गएको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरीक्षक पाण्डेयले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्