नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



वैशाख ४, काठमाडौँ ।   बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको  शनिवार बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–११ नारायणपुर निवासी ३७ वर्षीया संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

कोरोना पुष्टि भएपश्चात् भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै शनिवार बिहान १ बजेर २७ मिनेटमा मृत्यु भएको छ ।उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि चैत्र २६ गते कोहलपुर शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्