रौतहटमा शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टि



बैशाख ५ , रौतहट । गरुडा नगरपालिकाको पिपरिया माध्यमिक विद्यालयमा कन्ट्रयाक्ट ट्रेसिङमा शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नगरपालिका–७ पिपरिया गाउँमा रहेको माध्यमिक विद्यालयका एक जना शिक्षक तीन दिनअघि कोरोना संक्रमित भएपछि उक्त विद्यालयका शिक्षकहरुलाई कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो। उनीहरुको शनिबार स्वाब परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको थियो।

कोरोना संक्रमित भएका शिक्षकहरुले अध्यापन गराउने विद्यालयलाई एक साता सम्म बन्द गर्न निर्देशन दिइएको प्रजिअ यादवले बताए। रौतहटमा कोरोना संक्रमित बढदै गएको भए पनि अझै पनि आइसोलेसन संचालनमा आउन सकेको छैन। गौर,देबाही गुनाही र चन्द्रपुरमा आइसुलेसन निर्माण गरिएको छ। आइसोलेसन सञ्चालनमा नआउँदा कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमै बसेका छन्।

आइतबार पनि ३ जनामा कोरोना पोजेटिभ देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिए । शनिबार १५ जनाको परीक्षण गर्दा शिक्षकसहित १० जना कोरोना संक्रमित भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्