बारा र पर्सामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि



वैशाख ६, वीरगञ्ज, (पर्सा) । वीरगञ्ज महानगरपालिकामा आईतबार राति फेरि थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा ९६ जनाको पीसीआर परिक्षण गर्दा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो । एक जनाको पीसीआर रिपाेर्ट भने होल्डमा राखिएको छ । परिक्षण गरिएकामध्ये ११ महिला र ५० पुरुषको रिपाेर्ट पोजिटिभ आएको छ । संक्रमितहरुको उमेर समुह ५ देखि ७२ वर्षसम्मको रहेको छ । संक्रमित पुष्टि हुनेहरुमा पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा ४७ जना र धोबीनी गाउँपालिकामा १ जना गरि ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

उता बारा जिल्लाको विभिन्न नगरपालिकाहरुमा ११ जना र सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. दासले बताउनुभयो । संक्रमितहरुको सिटी भ्यालू १४ देखि ३५.५ सम्म रहेको छ । हाल १९ जना कोरोना संक्रमित नारायणी अस्पतालको आईसोलेसन वार्डमा उपचाररत छन् । जसमध्ये १२ जना संक्रमितको अवस्था गम्भिर रहेको डा. दासले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्